फागुन २, काठमण्डौं । नेपालका सहिद लखन थापामगरको सम्झनामा आज १ सय ३८ औं लखन स्मृति दिवस मनाइँदैछ । विक्रम संवत् १९३३ साल फागुन २ गते जङ्गबहादुर राणाको फौजले लखन थापा र उहाँका सहयोगि जयसिङ चुमिमगरलाई झुन्ड्याएर हत्या गरेका थिए । त्यसै दिनको सम्झनामा नेपाल मगर संघ, लखन थापामगर स्मृति प्रतिष्ठानलगायत संघ संस्थाले हरेक वर्ष देशभर प्रथम सहिद दिवस मनाउँदै आएका छन् । दिवसको अवसरमा काठमाडौंको प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेपछि कार्यक्रम गरिन लागेको लखन प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आलेले जानकारी दिनुभयो । त्यस्तै, लखन थापाको सालिक रहेको रुपन्देहीको बुटवल चौराहामा पनि मगर संघको अगुवाइमा मध्यान्ह नगर परिक्रमा गर्ने कार्यक्रम रहेको सभासद् शिवबहादुर थापाले जानकारी दिनुभयो । उहाँले गत असोज ३ गते व्यवस्थापिका संसद्मा लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग गर्दै प्रस्ताव दर्ता गर्नुभएको थियो । कांग्रेस नेता शेबहादुर देउवा नेतृत्वको सरकारको पालामा लखन थापामगरलाई सहिद घोषणा गरेको थियो । मगर संघ, लखन स्मृति प्रतिष्ठानलगायत संघ संस्थाले लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गर्न सरकारसँग माग गर्दै आएका छन् ।
सहिद लखन थापाको १ सय ३८ औं स्मृति दिवस मनाइँदै

इन्डिजिनियस भ्वाईस१ फागुन २०७१, शुक्रवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
विचार र दृष्ट्रिकोण
३१ असार २०८२, मङ्गलवारइन्डिजिनियस भ्वाईसदक्षिण एसियामा सांस्कृतिक संहार र बढ्दो जातीय भेदभाव
राजनीति
१३ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसस्वायत्तता र जनजाति पार्टीको स्थापना र पतनको इतिहास: खगेन्द्रजंग गुरुङ
आदिवासी महिला
१३ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसमेरो बोजुहरु र गाउँ आएको बाटो
धेरै पढिएको
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति
२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत