फागुन १, काठमण्डौं । एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३० दलले घोषणा गरेको आन्दोलन सशक्त बनाउनुको विकल्प नरहेको बताउनु भएको छ । आज बिहान आप्mनै निवास लाजिम्पाटमा भेट्न पुगेको आदिवासी जनजातिका अगुवाहरुसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले उत्पीडित वर्ग, क्षेत्र र जातिको समान अधिकारका लागि आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
आन्दोलन सफल बनाउन सबै डटेर लाग्न प्रचण्डले आग्रह गर्नुभएको भेटपछि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता ओम गुरुङले जानकारी दिनुभयो । विगतका सहमति, सम्झौता, अन्तरिम संविधान पालना गर्ने प्रतिबद्धता नआएसम्म वार्तामा नबस्ने पनि प्रचण्डले स्पष्ट पारेको प्रवक्ता गुरुङले बताउनुभयो । प्रबक्ता गुरुङका अनुसार अध्यक्ष प्रचण्डले मोर्चाले राजधानीमा गर्ने फागुन १६ गतेको आन्दोलनमा सशक्त रुपमा भाग लिन आग्रह गर्नु भएको छ ।
आन्दोलन नेपालले ऐक्यबद्धता जुलुस निकाल्ने र आन्दोलनमा सहमागिता जनाउने बारेमा कुराकानी भएको संघिय गणतान्त्रिक पार्टिक अध्यक्ष पर्शुराम तामाङले जानकारी दिनुभयो ।
आन्दोलन नेपाल र एमाओवादी अध्यक्षबिच भेटवार्ता

इन्डिजिनियस भ्वाईस१ फागुन २०७१, शुक्रवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
वातावरण र विकास१९ भदौ २०८३, शुक्रवारइन्डिजिनियस भ्वाईसतामाङ समुदायलाई परेको बज्रपातमा दावा फिन्जो तामाङको त्यो बेदना
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत







