तामाङ विकासको मोडल माथि नयाँ बहस

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ भदौ २०७७, मङ्गलवार
तामाङ विकासको मोडल माथि नयाँ बहस

मुना मोक्तान, काठमाडौ 

पाँचौ तामाङ ज्ञान महोत्सव

८८ औ तामाङ पहिचान दिवशको अवसरमा आयोजित तिन दिवशीय पाँचौ तामाङ ज्ञान महोत्सबमा आदिवासी तामाङ विकासको मोडल माथि गंभीर बहस भएको छ ।  जापानको लागि  नेपालका पूर्व राजदुत डा. गणेश योञ्जनको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्र देखि नै विकासका मोडलमाथि बहस भएको सिलसिला तेस्रो दिन न्हाङखोरका अध्यक्ष तथा भाषाविद् अमृत योञ्जनको अध्यक्षतामा भएको समापन समारोहमा पनि यही बिषयले प्रबेश पायो । तथापि कार्यक्रम समापन गरिँदा बहसका कुनै निश्कर्ष आयोजकहरुले सुनाएनन् । कार्यक्रमको समापन पछि जारी प्रेस नोटमा कार्यक्रमको सामन्य रुपरेखा मात्र प्रस्तुत गरिएको थियो । 

बिश्वव्यापी कोरोना महामारी र काठमाडौ उपत्यकामा जारी रहेको निशेषज्ञाका कारण जुम सम्बाद मार्फत आयोजना गरिएको महोत्सवमा भारत, अमेरिका, सयुक्त अधिराज्य बेलायत, जापानमा बसोबास गर्ने तामाङहरु प्रविधि मार्फत जोडिएका थिए । कार्यक्रममा तीन छलफल सत्र, ३० कार्यपत्र प्रस्तुत भएका थिए । सबै कार्यपत्रहरु तामाङ पहिचान, तामाङको संस्कार, संस्कृति एबम् भाषिक मामिलाका थिए । तामाङ राजनीतिक व्यक्तिहरु र नेपाल तामाङ घेदुङका अगुवा नेताहरु भने कार्यक्रममा सक्रिय थिएनन् । कार्यक्रमको समापनमा मात्र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेलाई प्रमूख बक्ता बनाइएको थियो । 
 
महन्द्र पी लामाले फायर खोले

तामाङ ज्ञान महोत्सबको उद्घाटन सत्रमा प्रमूख बक्ता रहनु भएका जवाहरलाल नेहरु विश्व बिद्यालयका प्राध्यापक महेन्द्र पी लामाले भारतीय नेपालीहरुले भारतमा गरेको प्रगतिको फिहरिस्त सुनाउँदै पहिचान भन्दा पनि शिक्षामा जोड दिएका थिए । भारतमा अल्पसंख्यकका रुपमा रहेका गोर्खाहरुमा पनि न्यून उपस्थितिरहेका तामाङहरुले त्यहाँको प्रशासनिक, राजनीतिक तथा सामाजिक मर्यादाको चर्चा गर्न भएको थियो । साहित्यिक क्षेत्रमा पारिजात, निर्मल लामा देखि रणधिर सुव्वा, अमर गुरुङ भारतीय नागरिक भए पनि नेपाली समाजमा स्थापित र मर्यादित भएको उहाँको कथन थियो । उहाँले नेपालका आदिवासीहरुले जहिले पनि आफूलाई बाघ दावी गरे पनि खोरबाट कहिल्यै बाहिर निस्कन नसकेको टिप्पणी गर्नु भएको थियो । शिक्षाकै कारण भारतको विभिन्न उच्च पद देखि सुरक्षामा समेत  आफनो सम्लग्नता रहेको बताउँदै तामाङ समाजलाई शिक्षित हुन आग्रह गरेका थिए । 

जवाहरलाल नेहरु विश्व बिद्यालयका प्राध्यापक महेन्द्र पी लामाले नेपालका आदिवासीहरुले जहिले पनि आफूलाई बाघ दावी गरे पनि खोरबाट कहिल्यै बाहिर निस्कन नसकेको टिप्पणी गर्नु भएको थियो । शिक्षाकै कारण भारतको विभिन्न उच्च पद देखि सुरक्षामा समेत  आफनो सम्लग्नता रहेको बताउँदै तामाङ समाजलाई शिक्षित हुन आग्रह गरेका थिए । 

तर उद्घाटन समारोहमा नै अध्यक्षता गरिरहनु भएका डा. गणेश योञ्जनले आदिवासी तामाङहरुको प्राथामिकता आफनो प्रथा, परम्परा संस्कृति तथा सभ्यताको पुनस्थापित गर्ने, अवसरहरुमा समान सहभागिता र मर्यादित नागरिक अधिकार भएको बताउनु भएको थियो । 

विकासको मोडलमाथि अलमल

पहिलो दिनको अन्तिम सत्रमा तामाङ विकासको मोडल माथि एक सत्रको आयोजना गरिएको थियो ।  समाजकल्याणविद् डा. सुरेश तामाङले सहजीकरण गर्नु भएको यस बहसमा मानवशास्त्री डा. मुक्तसिंह लामा, सुशासनविज्ञ डा. संग्रामसिह लामा, विकासविज्ञ बुद्धि तामाङ, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन तामाङ, बाह्रबिसे नगरपालिकाकी उपप्रमूख सुशिला पाख्रिन र धादिङ रुवीभ्याली गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत टंकबहादुर नेगी सहभागि भए पनि तामाङ विकासको खाका प्रस्तुत गर्न सकेनन् । हालको विकासे नीति अनुसार नै पूर्वाधार तथा सामाजिक विकासमा केन्द्रीत रहेका थिए । 

बहसका क्रममा सहभागिहरुको तर्फबाट तामाङ प्रथाजनित संस्थाको अस्तित्व र सहभागिताको प्रसंग उठान पछि बहसले नयाँ मोड लिएको थियो । बहसमा सहभागि डा संग्रामसिह लामाले तामाङकेन्द्रीत विकास हुनु पर्ने तर्क राख्नु भएको थियो । 

यो बहसको सिलसिला अन्य कार्यपत्रहरुको प्रस्तुतिमा समेत प्रभाव परेको थियो । दोस्रो दिनको सत्रमा रसुवाका फुर्पा तामाङले ‘पर्यटन विकासमा तामाङ जातिको परम्परगत ज्ञान, सीप र पेसा’ आर्गानिक प्रस्तुति थियो । उहाँले आफनो प्रस्ततिका क्रममा  तामाङ जातिले आफनो पेसा, व्यबसाय तथा सीपलाई छोड्न नहुने दलिल गर्दै आपदवासीको परम्परा भन्दा अर्को नहुने विषय राख्नु भएको थियो । 
यसरी नै ‘तामाङ ज्ञानले जलवायू परिबर्तनको असर न्युनिकरणमा पु¥याएको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी कुमार यात्रु तामाङले आदिवासी तामाङहरुले आफनो परम्परा माथि गर्ब गर्न सिक्नु पर्ने बताउनु भयो । उहाँले तामाङ कृषि प्रणाली वैज्ञानिक रहेको तर्क राख्दै तामाङहरुले फाँडने गरेको खोरिया, तामाङको वोन्वो प्रणाली, बन तथा वातावरणको संरक्षण, पानीको मुहान जोगाउने पद्धति आज विश्वले सिकीरहेको  दावी गर्नु भएको थियो । 

तामाङ ज्ञानले जलवायू परिबर्तनको असर न्युनिकरणमा पु¥याएको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी कुमार यात्रु तामाङले आदिवासी तामाङहरुले आफनो परम्परा माथि गर्ब गर्न सिक्नु पर्ने बताउनु भयो । उहाँले तामाङ कृषि प्रणाली वैज्ञानिक रहेको तर्क राख्दै तामाङहरुले फाँडने गरेको खोरिया, तामाङको वोन्वो प्रणाली, बन तथा वातावरणको संरक्षण, पानीको मुहान जोगाउने पद्धति आज विश्वले सिकीरहेको  दावी गर्नु भएको थियो । 

कार्यक्रममा जनस्वास्थ्य सम्बन्धी महत्वपूर्ण दुई कार्यपत्र प्रस्तुत भएका थिए । डा सुरेश तामाङको ‘जनस्वास्थ्य र कोभिड’ र डा लक्ष्मी तामाङको ‘स्वास्थ्य र शसक्त युवाजनशक्ति विकासमा मातृत्व र पितृत्वको भूमिका’ भन्ने थियो । 

कार्यक्रममा मिडिया सम्बन्धी कार्यपत्र जगत दोङको मात्र थियो । ‘इन्डिजिनयिस टेलिभिजनका चुनौति’ बिषयक कार्यपत्रमा इन्डिजिनियस टेलिभिजनले आदिवासी समाजलाई पु¥याएको योगदानको चर्चा गरिएको छ । 

भाषा सम्बन्धी कार्यपत्रहरुमा धनबहादुर तामाङको ‘तामाङ ध्वनि’ सहभागिहरुले रुचाएका प्रस्तुति थिए ।  कार्यक्रममा प्रबासबाट मिरिक दार्जीलिङकी कमला तामाङ, दार्जीलिङका सोनाम लामा, दिल्लीबाट अरुण तामाङले, कलकत्ताबाट डा. श्रद्धान्जलि तामाङले आफनो आफनो बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रमकै दौरानमा तामाङ प्रज्ञा प्रतिष्ठानको अवधारणा डा. लोक बहादुर लोप्चनले राख्नु भएको थियो । 

कार्यक्रमको अन्तिम चरणमा तामाङ डायस्पोरा मुद्धा रु चुनौति बिषयमा बोल्नका लागि सिक्किम अकादमीका पेम्वा तामाङ, दिल्ली विश्व बिद्यालयका सहप्राध्यापक डा. मुनिस तामाङ, अमेरिकाबाट लाक्यान लामा, सुकमान थिङ (जापान) जोडिनु भएको थियो । 

कार्यक्रमको समीक्षा उत्तरबंगाल बिश्वविद्यालयका सह प्राध्यापक डा सुदास तामाङलेगर्नू भएको थियो । 

तामाङ न्हाङखोर र तामाङ डाजाङको आयोजनामा भएको कार्यक्रममा एक प्रकारले बौद्धिक तामाङहरुको राम्रो जमघट थियो । कार्यक्रम आयोजनाका लागि अमृत योञ्जनको व्यक्तिगत सम्पर्क कामयाबी भएको सहभागीहरुको टिप्पणी थियो । 

तीन दिवशीय तामाङ ज्ञान महोत्सबले धेरै बिषयको उठान त गरको छ तर ठोस बाटो दोखाउन भने सकेको छैन । ती विषयहरुमा निरन्तर बहसको ढोका भने यो महोत्सबले खोलेको छ । 

प्रतिक्रिया