पहिचानवादी युवा शक्ति घोषणा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ माघ २०७१, बिहिवार

morcha

माघ २९, काठमण्डौं । पहिचान विरोधीहरुलाई खबरदारी गर्दै पहिचान सहितको संघिय संविधान निमार्णका लागि दवाव दिन परिचालित गर्ने उदेश्यले आज राजधानिमा युवा शक्तिको घोषणा भएको छ । कालिमाटीस्थित एक पार्टि प्यालेसमा भेला भएका पहिचान पक्षधर युवाहरुलाई समेटेर युवा शक्ति घोषणा गरिएको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, आदिवासी जनाजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरलगायतको उपस्थितीमा युवा शक्तिको घोषणा भएको छ । ३० दलिय मोर्चा अन्तरगत ७ दलले पहिचानवादी युवा शक्ति बनाएका हुन् ।  घोषण पत्र सार्बजनिक गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले पहिचान सुनिश्चितका लागि निधारमा कफन र दायाँ हातमा भाटा बोकेका युवाहरु देशभरि खट्ने बताए ।
अब हुने आन्दोलनलाई युवा विद्रोहको रुपमा लैजानुपर्ने आवश्यकताले युवा शक्ति निमार्ण गरिएको  शेर्पाले बताएका छन् ।  ‘जातिय पहिचान र परिवर्तनका पक्षधरहरु एक हौं’ भन्ने मुल नाराकासाथ आयोजना गरिएको घोषणासभामा पहिचानवादी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । पहिचानवादी युवा शक्ति लेखिएको फेटा र लाठिसहित युवाहरुले सहभागिता जनाएका थिए । पहिचान विरोधीहरु विरुद्ध लड्न र खबरदारी गर्न युबा शक्ति निमार्ण गरिएको ति दलहरुले बताएका छन् । 

morcha

 

प्रतिक्रिया