उपाध्यक्षमा घर्ती नियुक्त, सदस्य सचिब यसै साता 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ असार २०७७, बिहिवार
उपाध्यक्षमा घर्ती नियुक्त, सदस्य सचिब यसै साता 

आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको उपाध्यक्षमा  नेपाल कम्युनिष्ट पार्टीका आदिवासी जनजाति इन्चार्ज गोकुल घर्ती मगर नियुक्त हुनु भएको छ । 

उपाध्यक्ष नियुक्तीका लागि गठन भएको सिफरिस समितिको सिफरिसमा प्रतिष्ठानका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई नियुक्त गर्नु भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुन सम्मिलित तीन सदस्यीय सिफरिस समिति बनेको थियो । 

तीन जना सिफरिस गरिएका मद्धे घर्ती प्रधानमन्त्रीको छनौटमा पर्नू भएको हो । चार बर्षे कार्यकालका लागि नियुक्त घर्ती रोल्पा निबासी हुनु हुन्छ । तत्कालीन नेकपा एमालेमा आवद्ध घर्ती तत्कालीन अवस्थामा एमाले संसदीय दलका सचेतक हुनु हुन्थ्यो । 

आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन अनुसार उपाध्यक्ष प्रतिष्ठानको कार्यकारी प्रमूख रहने प्रावधान छ । प्रतिष्ठानका निर्वतमान उपाध्यक्ष चन्द्रबहादुर गुरुङको कार्यकाल बैशाख २६ गते सकिएको थियो । 

सदस्य सचिबका लागि प्रदेश नम्बर १ का अल्पसंख्यक आदिवासी जनजाति समुदायबाट नियुक्त हुने  तयारी रहेको समाचार स्रोतको भनाई छ ।

प्रतिष्ठानमा रिक्त रहेको सदस्य सचिब यसै साता नियुक्त हुने बताइएको छ । सदस्य सचिबका लागि प्रदेश नम्बर १ का अल्पसंख्यक आदिवासी जनजाति समुदायबाट नियुक्त हुने  तयारी रहेको समाचार स्रोतको भनाई छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवका लागि उपाध्यक्षको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले नियुक्त गर्नु हुनेछ । निर्वतमान सदस्य सचिव गोविन्द लाल माझीको वैशाख २८ गते कार्यकाल समाप्त भएको थियो र नयाँ कार्यकारी सदस्य नियुक्तिका लागि प्रतिष्ठानको सञ्चालक परिषद वैठकले नेपाल पहरी विकास समाजका अध्यक्ष मुकुन्द पहरी, जीवन राई र दिपक याख्या समेतको ३ सदस्यि समिति गठन  भएको छ । यो समितिले पनि यसै साता कार्यकारी सदस्यको सिफरिस बुझाउने बताईएको छ । 

प्रतिक्रिया