नेपालको अति लोपोन्मूख आदिवासी जनजाति कुसुन्डाहरुले राहत नपाएको गुनासो गरेका छन् । विश्वव्यापी कोरोना माहमारीको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि ज्याला मजदुरी गर्ने कुसुन्डा समूदायको जीवन कष्टकर भएको हुँदा रहातको आवश्यकता परेको नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धन बहादुर कुसुन्डाले बताउनु भयो ।
‘सामन्य अवस्थामा समेत कुसुन्डाहरुको जीवन कष्टपूर्ण थियो, लकडाउनले थप जोखिक भएको छ ।’ समाजका अध्यक्ष धनबहादुरले इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने जनसवाल कोभिड १९ विशेष कार्यक्रममा भन्नु भयो, –‘स्थानीय सरकारले वडा वडामा राहत बाँडेको भए पनि कुसुन्डालाई सामाजिक सुरक्षा भत्ता पाइरहेको समूह भनेर भेदभाव गरिएको छ ।’
स्थानीय सरकारले वडा वडामा राहत बाँडेको भए पनि कुसुन्डालाई सामाजिक सुरक्षा भत्ता पाइरहेको समूह भनेर भेदभाव गरिएको छ ।
कुसुन्डाहरुको आफनो घर नभएको र सार्बजनिक जमीनमा छाप्रो हालेर बसेका कारण पनि समाजले हेय र घृणा गर्ने गरेको बताउँदै धनबहादुरले थप्नु भयो –‘संसारबाट नै लोप हुन लागेको आदिवासी कुसुन्डाको संरक्षणका लागि सरकारहरुको ध्यान जानु पर्नेमा यस्तो संकटको समयमा हेला र उपेक्षा हुनु दुखद् कुरा हो ।’
कुसुन्डाहरु ५ नम्बर प्रदेशको दाङ, अर्घाखाँची, कपिलवस्तु, प्यूठान, रोल्पा, सल्यान तथा कर्णालीको सुर्खेत जिल्लामा छरिएर बसोबास गर्दछन् । हालसम्म २१३ जना कुसुन्डाको जनसंख्या रहेको सरकारी तथ्याँक छ । घुमन्ते र जंगली जीवनबाट सामाजिक जीवनमा आएका कुसुन्डाहरुको स्थायी घर नहुने भएकाले पनि यसको गणना असहज भएको हो । पछिल्लो समयमा सामाजिक जीवनमा आए पछि स्याउलाको छाप्रा बनाएर बिभिन्न स्थानमा आए पछि कृषिको ज्याला मजदुरी उनीहरुको मूख्य पेसा बनेको छ । तर लक डाउनका कारण यी सम्पूर्ण क्रियाकलाप रोकिए पछि उनीहरुको जीवनमा अभूतपूर्ब संकट आइ परेको कुसुन्डा समाजका लागि काम गर्ने अगुवाहरुको भनाई छ ।
संसारबाट नै लोप हुन लागेको आदिवासी कुसुन्डाको संरक्षणका लागि सरकारहरुको ध्यान जानु पर्नेमा यस्तो संकटको समयमा हेला र उपेक्षा हुनु दुखद् कुरा हो ।
सामाजिक जीवनमा प्रबेश गरे पनि कुसुन्डाहरु बनका कन्दमूलहरु तरुल, गिट्ठा, तेगुना, भार्सै, संकलन गर्नू नै मूख्य पेसा मान्ने गरिएको छ । जंगली सागपात, फलफूल र सिकार गरेर ग्रामिण बस्तीमा पुरयाउने र बदलामा आटो पीठो र नुन तेल विनिमय गर्ने काम उनीहरु गर्दै आएका छन् ।
कुसुन्डाहरु बनमा भएका विभिन्न प्रकारका खाद्य र अखाद्य बस्तु चिन्ने सीपलाई उनीहरुको परम्परागत ज्ञान मानिएको छ । खास गरेर जंगली च्याउहरुको पहिचान गर्नु उनीहरुको विशेषता हो । कुसुन्डा अगुवाहरुका अनुसार च्याउका बिभिन्न नाम कुसुन्डा भाषामा पाउन सकिन्छ ।
आफुलाई कुसको सन्तान भन्ने कुसुन्डाहरु गाई भैसीको दुध खाने गर्दैनन् । भाषाका हिसावले पनि कुसुन्डा भाषाका बक्ता हाल अप्राप्य रहेको छ ।