संघीय संरचना अनुकुल भाषिक पत्रकारिता

डोल्मा शेर्पा
डोल्मा शेर्पा९ जेठ २०७५, बुधवार
संघीय संरचना अनुकुल भाषिक पत्रकारिता

मातृभाषा पत्रकारिता सम्मेलन
 

नेपाली मिडियालाई संघीय संरचना अनुकुल मातृभाषामा आधारित समाजवेशी हुनु पर्नेमा आदिबासी जनजाति पत्रकारहरुले जोड दिदैँ दश बुदेँ घोषणापत्र जारी गरेका छन् । राजधानीमा आयोजना भएको मातृभाषा पत्रकारिता सम्मेलनमा यस्तो घोषणपत्र जारी भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले उद्घाटन गर्नु भएको सम्मेलन नेवा पत्रकार राष्ट्रिय दबु र नेपाल आदिबासी जनजाति महासंघ फोनिजको आयोजनामा सम्पन्न भएको थियो । सम्मेलनमा फाेिनज आबद्ध पत्रकारहरुको संस्थाको तर्फबाट मातृभाषी पत्रकारिताको अवस्थाबारे बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत भएको थियो । नेपाली मिडियामा मातृभाषामा गरिने पत्रकारीता संकटमा रहेको हुँदा मातृभाषाको पत्रकारितालाई प्रोत्साहन दिने उदेश्यले यो सम्मेलन भएको हो ।  सम्मेलनको क्रममा आदिबासी जनजाति महासंघ फोनिज सम्बन्द्ध पत्रकारहरुले मातृभाषी पत्रकारितालाई अघि बढाउन उचित वातावरणका लागि राज्यले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।

तीनै तहले ध्यान दिनु पर्ने

मुलुक संघियतामा रुपान्तरण भईसकेको हुँदा मातृभाषा पत्रकारितालाई संघीइ संरचना अनुकुल समावेशी हुनुपर्नेमा भाषिक पत्रकारिता गरिरहेका सन्चारकर्मीहरुले बताएका छन् । नेवा पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले जोड दिदै भन्नु भयो –‘नेपालका आदिवासी जनजातिहरुको पहिचान र सूचनालाई शसक्त बनाउन मातृभाषाको पत्रकारितालाई संघ तथा स्थानिय तह र प्रदेश सरकारहरुले बिशेष ध्यान दिनु पर्दछ ।’

नेपालका आदिवासी जनजातिहरुको पहिचान र सूचनालाई शसक्त बनाउन मातृभाषाको पत्रकारितालाई संघ तथा स्थानिय तह र प्रदेश सरकारहरुले बिशेष ध्यान दिनु पर्दछ ।

 नेपालमा नेपाली बाहेक २६ भाषामा भाषीक पत्रकारिता हुने गरेको छ । झन्डै  सय वर्ष अगाडि देखि सुरु भएको मातृभाषाको पत्रकारिता व्यवसायिक रुपले अघि बढन नसकेको पत्रकारहरुको अनुभव छ । महर्जनको बिचारमा जनशक्तिमा समावेशीता, भाषिक समावेशीता, नीति निमार्णमा समावेशीता हुनु पर्दछ ।

राज्यबाट अपेक्षा

मातृभाषाको पत्रकारितालाई व्यवासायिक रुपले अगि बढाउनको लागि राज्यले नै महत्वपुर्ण भुमिका निर्बाह गर्नु पर्ने हुन्छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले राज्यबाट नै मातृभाषाको पत्रकारितालाई उत्थान गर्नका लागि सहयोग गर्नु पर्ने, मातृभाषा पत्रकारको विकासका निम्ति नीतिगत रुपमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले थप्नु भयो –‘आदिबासी जनजातिका संस्कृति, भाषा, परम्परा, धर्म र रितिथितिमा ध्यान दिन पनि मातृभाषाको पत्रकारिता आवश्यक छ ।’

सामुदायिक संस्थाको भूमिका महत्वपूर्ण

तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तानले मातृभाषा पत्रकारितालाई अगाडि बढाउन संघ, प्रदेश र स्थानिय सरकारहरुको साथसाथै सामुदायिक संघ संस्थाको पनि भूमिका महत्वपूर्ण हुने बताउनु भयो । जातीय संस्थाहरुले मातृभाषी पत्रकारिताका लागि विशेष काम गर्न सक्छन् ।

आदिबासी जनजातिका संस्कृति, भाषा, परम्परा, धर्म र रितिथितिमा ध्यान दिन पनि मातृभाषाको पत्रकारिता आवश्यक छ ।’

सरकारबाट विशेष गरि मातृभाषाको प्रवद्धन हुने खालका समानुपातिक विज्ञापन मातृभाषि पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई दिने  नीति बनाउनु पर्ने उहाँको भनाई थियो ।

बर्गिकरणमा प्रोत्साहन

मातृभाषी पत्रकारितालाई अगि बढाउन पे्रसकाउन्सिल नेपालबाट बर्गिकरणमा बिशेष सुविधा रहेको प्रेस काउन्सिल नेपालका सदस्य सुभेच्छा बिन्दुको दावी छ । ‘मातृभाषा पत्रकारितालाई सम्र्बदन गर्नको लागि प्रेस काउन्सिलले मातृभाषी पत्रकारितालाई वर्गिकरणमा प्राप्त गरेको नम्बरमा दुई गुणाले थप गर्ने व्यबस्था छ । जसले गर्दा मातृभाषाका पत्रकारिता व्यवसायिक रुपमा अघि बढन सहज हुने हामीले ठानेका छौ ।’

मातृभाषा आदिबासी जनजातिहरुको पहिचान हो ।  मातृभाषा आमाको गर्वबाट सिकिने भाषा भनेर बुझ्न सक्छौँ । विगत ९३ बर्षदेखि निरन्तरता पाईरहेको मातृभाषाको पत्रकारिता आगामी दिनमा थप शसक्त बनाएर लैजाने सम्मेलन पछिको घोषणापत्रमा उल्लेख छ । मातृभाषा पत्रकारिता प्रति राज्यको दृष्टिकोण सकारात्मक, संरक्षकत्व, प्रोत्साहन र प्रथमिकताको बिषय हुनु पर्ने सम्मेलन पछि जारी घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया