माघ २५, काठमण्डौं ।
प्रधानमन्त्रि शुसिल कोइरालाले प्रतिपक्षि दलहलाई वार्तामा आउन लिखित आह्वान गरेका छन् । सत्तामा रहेका दल नेपाली कांग्रेस, नेकपा एमालेको एकपक्षिय आडमा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले जबरजस्ति संविधानसभामा बहुमतिय प्रकृया शुरु गरेपछि आन्दोलनमा लागेका दलहरुलाई आज प्रधानमन्त्रि कोइरालाले वार्ताका लागि आह्वान गरेका हुन ।
यसअघि भेटर र फोन मार्फत वार्तामा आउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका कोइरालाले विभिन्न तह र तप्काबाट सहमतिय आधारमा संविधान निमार्ण गर्न दबाब परेपछि वार्तामा बोलाउन तत्परता देखाएका हुन् । राष्ट्रिपति रामवरण यादवले प्रधानमन्त्रि कोइराला, एमाले अध्यक्ष केपी ओलीलाई शितल निवकासमा छुट्टाछुट्टै बोलाएर विपक्षी दलहरुलाई अलग राखि संविधान निमार्ण नगर्न ध्यानकर्षण गराएका थिए । राष्ट्रपति यादवले ध्यानकर्षण गराएपछि शनिबार बसेको कांग्रेस र एमालेको संयक्त बैठकले पनि विपक्षी दललाई वार्तामा बोलाउने निर्णय गरेको थियो ।
उता एमओवादीसहित विपक्षी दलहरुले भने संविधान निमार्णमा बहुमतियका लागि अगाढि बढेका सबै प्रकृया खारेज हुनुपर्ने बताएका छन् । उनिहरु अहिले आन्दोलनका लागि देशभर तयारीमा जुटेका छन् । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको मर्म अनुसार जातिय, वर्गिय, लैंगिक वा क्षेत्रिय उत्पिडनमा परेका जनताको अधिकारको ग्यारेन्टि हुने प्रतिवद्धता नअएसम्म विपक्षी दलहरुले वार्तामा नबस्ने जनाएका छन् । आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल र नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने जनाए पनि अहिले सम्म कार्यक्रमहरु आएका छैनन् ।
वार्तामा आउँन प्रधानमन्त्रि कोइरालाको विपक्षी दलहरुलाई लिखित आह्वान

इन्डिजिनियस भ्वाईस२५ माघ २०७१, आइतवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
धेरै पढिएको
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
वातावरण र विकास
२९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङलप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप