नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष शेर्पाले विपक्षिय अध्यक्षका प्रत्याशी कुल बहादुर गुरुङलाई पराजित गर्दै ३४२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको संघको निर्वाचनबाट अध्यक्ष शेर्पा निर्वाचित हुनुभएको हो ।
शेर्पाको अध्यक्षतामा नेपाल पर्वतारोहण संघको नयाँ निर्वाचित पदधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेलले ३४५ मत प्राप्त गरेर जित हासिल गरेको छ भने प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिट) ३५९ प्राप्त भएको छ । यसैगरि द्धितीय उपाध्यक्षमा बोध राज भण्डारीले ३६८, महासचिव पदका उम्मेद्वारी राजेन्द्र बहादुर लामाले ३१८ मत प्राप्त गरेर जित्नुभएको छ ।
संघको सचिव पदमा चन्दन थापा, कोषाध्यक्ष ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबरी मत प्राप्त गर्नुभएको हुनाले आधा आधा कार्यकालका लागि रहने सहमति भएको छ ।
यसैगरि सदस्यहरुमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा, र निशा भोटे निर्वाचित हुनुभएको छ ।
नेपाल पर्वतारोहण संघ बुक होल्डर सदस्यको निर्वाचन भने आज आईताबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भईरहेको छ ।