विश्व शेर्पा सम्मेलन काठमाडौंमा आयोजना हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ असोज २०७४, शनिवार

विश्व शेर्पा सम्मेलन असोज २२ गतेदेखि काठमाडौंमा हुने भएको छ । ३ दिन सम्म चल्ने सम्मेलनको उद्यघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । 

पहिलो विश्व शेर्पा सम्मेलनको क्रममा शेर्पा समुदायको पहिचान, राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको साथै, समुदायले भोग्नु परेको वातावरणीय चुनौतीहरु जस्तै जलवायु परिवर्तन, पर्यावरणको साथै भाषा, धर्म, कला, संस्किृति, रीतिरिवाज तथा परम्परागत मुल्य मान्यताहरुको बारेमा गहन छलफल गरिनेछ । 

लोप हुने क्रममा रहेको शेर्पा समुदायको सांस्कृतिलाई अर्को पुस्तामा हस्तान्तरण गर्दै जीवित राख्नको लागि सम्मेलन आयोजना गरिएको हो

त्यसैगरी उद्योग, कलकारखाना, जलविद्युत, पर्यटन लगायत लगानी क्षेत्रमाथि समेत छलफल गरी लगानीको क्षेत्रहरु पत्तलगाई शेर्पा समुदायको आर्थिकस्तर समृद्ध बनाउने समेत सम्मेलनले मार्गदर्शन गर्ने, सम्मेलनका प्रचारप्रसार उपसमितिका संयोजक, आङछिरिङ शेर्पाले पत्रकार सम्मेलन गरी बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्नुहुदै, ‘लोप हुने क्रममा रहेको शेर्पा समुदायको सांस्कृतिलाई अर्को पुस्तामा हस्तान्तरण गर्दै जीवित राख्नको लागि सम्मेलन आयोजना गरिएको समेत संयोजक शेर्पाले बताउनुभयो । 

विश्व शेर्पा सम्मेलनमा ४ सय प्रतिनिधीहरुको सहभागिता हुनेछ ।  

सम्मेलनमा डेन्जो शेर्पा संघ सिक्किम, शेर्पा किदुक अमेरिका, शेर्पा संघ अमेरिका, शेर्पा संघ बेलायत, शेर्पा किदुक मलेसिया, शेर्पा सोसाइटी पोर्तुगल, अष्ट्रेलिया, शेर्पा किदुक साइप्रस, अलईन्डिया शेर्पा एसोसिएसन, शेर्पा किदुक दोहा कतार, शेर्पा संघ ईजराइल, शेर्पा किदुक बेल्जियम, शेर्पा समाज मकाउ, दक्षिण कोरिया, जापान, शेर्पा किदुक बहराइन, शेर्पा किदुक युएई, नेपाल शेर्पा संघ र यससँग संलग्न संघ संस्था, भातृ संगठनहरु लगायतका प्रतिनिधी गरी ४ सय प्रतिनिधीहरुको सहभागिता हुने समेत संयोजक शेर्पाले बताउनुभयो । 

सम्मेलनको प्रत्यक्ष प्रशारण आदिवासी जनजातिद्धारा संचालित नेपालको पहिलो सामुदायिक टेलिभिजन, इन्डिजिनियस टेलिभिजनले गर्नेछ ।  

प्रतिक्रिया