स्वर्गीय डा. हर्क गुरुङको सम्झना

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ असोज २०७४, आइतवार

काठमाडौं, ८ असोज । नेपालका आदिवासी जनजातिहरुले स्वर्गीय डा. हर्क गुरुङले पु¥याएको योगदानको चर्चा परिचर्चा गरेर सम्झना गरेका छन ।

नेपाल आदिवासी जनजाति महासंघ र वैकल्पिक विकास अध्ययन केन्द्र (सिड्स)द्वारा संयुक्त रुपमा ललितपुरमा असोज ७ गते शनिबार आयोजना गरेको डा. हर्क गुरुङको ११औँ स्मृति सभामा वोल्दै उहाँको सम्झना गरेका हुन । 

डा. हर्क गुरुङ, तत्कालिन वनमन्त्री गोपाल राई, पर्यावरणविद् डा. चन्द्रबहादुर गुरुङलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय चिरपरिचित व्यक्तित्वहरूको २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

डा. हर्क गुरुङको विचार, दर्शन, सिद्धान्तलाई अहिलेको समय सापेक्ष आदिवासी जनजाति आन्दोलनले के कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा वक्ताहरुले आफना कुराहरु व्यक्त गरेका थिए । 

नेपालको आदिवासी जनजाति आन्दोलनसँग २०६४ साउन २२ गते नेपाल सरकारले सहमति गर्दा डा. हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्ने सहमति भएपनि सरकारले अहिलेसम्म वेवस्ता गरेकोमा धेरै वक्ताहरुले आपत्ती जनाएका थिए । 

प्रतिक्रिया