चौतारा नगरपालिकालाई बालमैत्री बनाउने प्रतिबद्धता 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ असार २०७४, मङ्गलवार
चौतारा नगरपालिकालाई बालमैत्री बनाउने प्रतिबद्धता 

चौतारा, १३ असार २०७४

सिन्धुपाल्चोक जिल्ला सदरमुकाम स्थित चौतारा साँगाचोकगढी नगरपालिकालाई आगामी एक बर्ष भित्र बालमैत्री बनाईने भएको छ । नगरपालिकाको आयोजनामा भएको सरोकारवालाहरुको बैठकबाट यस्तो प्रतिबद्धता आएको हो । नगरपालिकाका प्रमूख अमनसिंह तामाङको अध्यक्षतामा बालमैत्री स्थानीय शासन नगर समिति गठन भए पछि पहिलो पटक बसेकोे सरोकारवालाहरुसंगको बैठक पछि सामूहिक हस्ताक्षर गरी प्रतिबद्धता जानएका हुन् ।

यस अघि मीरेष्ट नेपालले निर्माण गरेको बालमैत्री स्थानीय शासनमा बालभेला नामक बृत्तचित्र प्रदर्शन गरिएको थियो । बृत्तचित्र प्रदर्शनी पछि नगरप्रमूख तामाङले चौतारा नगरपालिकाकालाई समृद्ध र नमूना नगर बनाउने सोच अन्तर्गत सबै पक्षको साझा कार्यक्रमका रुपमा बालमैत्री स्थानीय शासन बनाउने अभियान थालिएको बताउनु भयो । 

समाज विकासका लागि बालमैत्री शासन नै उपयुक्त सामाजिक क्रान्ती भएको बताउँँदै उहाँले  २०७५ साल पौष भित्र नगरपालिकाका सम्पूर्ण संरचना बालमैत्री हुने दाबी गर्नु भयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यकारी अधिकृत उमाकान्त अधिकारीले निर्वाचित जप्रतिनिधिको इच्छाशक्तिलाई कर्मचारीले पुरा गरउन मद्धत गर्ने बताउनु भयो । नेपालमा १२ वटा स्थानीय तहका इकाईलाई बालमैत्री घोषणा गरिसकिएको छ । नेपाल सरकारको नीति अनुसार ३९ वटा सूचक पुरा भएका स्थानीय तहलाई बालमैत्री घोषणा मार्फत मान्यता दिइन्छ । यस अन्तर्गत पूर्ण बालश्रम मुक्त, सत प्रतिशत बिद्यालय भर्ना,लगायतका स्वास्थ्य, शिक्षाका शर्तहरु पुरा हुनु पर्दछ । 

कार्यक्रममा मीरेष्ट नेपालका महासचिब कुमार यात्रुले बालमैत्री शासनलाई नगरपालिकाको नयाँ नेतृत्वले निरन्तरता दिएकोमा बधाई ज्ञापन गर्नु भएको थियो । 

गैसस महासंघका पूर्ब अध्यक्ष सोम साप्कोटाले बालमैत्री शासनका लागि नगरपालिकाको लगानी योजना चाहिने बताउनु भयो । 

कार्यक्रममा बिभिन्न बिषयगत कार्यलय र निर्वाचित पदाधिकारीहरुको उपस्थिति थियो ।  

प्रतिक्रिया