नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतबहादुर बराम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ पुष २०७३, बिहिवार
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतबहादुर बराम

पुस ६, २०७३ 
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतबहादुर बराम निर्वा्चित भएका छन् । बराम नगेन्द्रबहादुर कुमाल नेतृत्वको अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए ।
त्यसैगरी महासचिवमा नित्यानन्द ताजपुरिया विजयी भए । भने उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल थकाली, गोविन्द छन्त्याल, नवीन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनम लामा, कृष्णकुमारी शेरचन निर्वा्चित भए ।

सचिवमा आङपाङ शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे, सुखवीर थामी, लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुखमती राजवंशी, सोनम लामा मुगाली, श्रुतिमाया कुमाल तथा कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी निर्वा्चित भए ।

आदिवासी जनजातिको पहिचान, हक अधिकारलाई स्थापित गर्न २०४८ सालमा स्थापीतसंस्था हो महासंघ । महासंघकै पहलमा सरकारले ५९ थरी आदिवासी जनजाति सूचिकृत गरेको थियो  र तिनै सुचिकृतमध्ये ५६ जातीय संस्थाको छाता संगठन हो महासंघ । 

प्रतिक्रिया