तामाङ राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ असोज २०७३, शुक्रवार
तामाङ राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

मिङमा सिं तामाङ

काठमाडौं, ७ असोज ।

नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन तामाङ राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अन्तरिम कार्यविधि अनुसार सुवास तामाङको संयोजकत्वमा १५१ सदस्यीय तामाङ राष्ट्रिय परिषदको केन्द्रीय समिति गठन गरेको छ । भेलाको नयाँ शक्ति पार्टीका केन्दीय संयोजक डा.बाबुराम भट्टराईले उद्घाटन गर्नु भएको थियो । भेलालाई सम्बोधन गर्नु हुँदै डा. भट्टराईले नयाँ शक्ति नेपाल सबैको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु हुँदै नयाँ संविधान संशोधन गरी सबैको अधिकार सुनिश्चित गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो,“नेपाल बहुल राष्ट्रहरुले बनेको ईन्द्रेणी राष्ट्र हो । नेपाललाई समृद्ध बनाउन ति सबै विविधताको एकता स्विकार गर्नुपर्छ ।

पार्टी संगठन निर्माण जस्तै नेतृत्व निर्माण पनि क्लष्टर झल्कने गरी सुनिश्चित गर्छौंे ।” नयाँ शक्ति पार्टिका सह–संयोजक रामचन्द्र झाले सामाजिक न्यायमा आधारित समानता, स्वतन्त्रता र सम्मानमा आधारित संघीय व्यवस्थाले मात्र नेपालका विविध जातजातिको स्वायत्तता र मुक्ति सुनिश्चित गर्न सक्ने बताउनु भयो । भेलामा शुभकामना मन्तव्य राख्नु हुँदै नयाँ शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ संविधानमा पहिलो संविधान सभाबाट पारित पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारलाई वेवास्ता गरिएकोमा असन्तुष्टि व्यक्त गर्नु हुँदै आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन सबै पक्षको विचमा ऐक्यबद्धताको खाँचो औल्याउनु भयो ।

भेलामा शुभकामना मन्तव्य राख्नु हुँदै नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं. १ प्रमुख पाशाङ शेर्पाले नयाँशक्ती पार्टी आदिवासी जनजातीलाई सबैभन्दा बढी अधिकार प्रत्याभुती गर्ने पाटी भएकोमा जोड दिनु भएको थियो । राष्ट्रिय मामला संयोजक पर्शुराम तामाङले स्वायक्त ताम्सालिङ निर्माणमा नयाँ शक्ति पार्टि नेपाल प्रतिबद्ध रहेकोमा जोड दिनु हुदै नयाँ शक्ति पार्टीमा गोलबद्ध भई अगाडी बढ्न आग्रह गर्नु भयो । नयाँ शक्ति पार्टि नेपालकी सहसंयोजक नेतृ दुर्गा सोबले साझा मुद्दाको लागि पार्टीका भातृ संस्थाहरु बीच एकतामा जोड दिनु भयो । भेलामा मन्तव्य राख्नुहुँदै श्रम तथा रोजगार विभागका संयोजक डा.प्रदीपमान तुलाचनले पार्टिले युवा रोजगार बढाउने विभिन्न कार्यक्रमहरु गर्न लागेको जानकारी दिनुभयो ।

नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन तामाङ राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अन्तरिम कार्यविधि अनुसार सुवास तामाङको संयोजकत्वमा १५१ सदस्यीय तामाङ राष्ट्रिय परिषदको केन्द्रीय समिति गठन गरेको छ ।

पार्टी केन्द्रीेय सहसंयोजक महेश कर्मचाले आफ्नो समुदायको अधिकार र पहिचानका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो । नयाँ शक्ति पार्टि नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा नेपाल अन्तराष्ट्रिय तामाङ संघका अध्यक्ष महेन्द्रजंग तामाङले सबै तामाङहरुको एकता भए देशको कार्यकारी पदमा तामाङहरु पुग्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

भेलामा नुवाकोट जिल्ला संयोजक कृष्ण कुईकेल, ३ नं प्रदेशका सहसंयाजक सोनाम सिं स्याङतान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाले तामाङ राष्ट्रिय परिषदको केन्द्रीय समिति संयोजकमा सुवास तामाङ र ८ जना सहसंयोजकहरुमा खड्कबहादुर जिम्मा, जोशीमाया तामाङ, राजीव लामा, पाशाङ निमा तामाङ, मंगल तामाङ (नवलपरासी), भिम बहादुर तामाङ, निमा डिङ्डुङ् (सिन्धुली), नविन्द्र तामाङ रहनु भएको छ । भेलाको प्रमुख अतिथी नयाँ शक्ति पार्टीका केन्दीय संयोजक डा.बाबुराम भट्टराई हुनुहुन्थ्यो भनें तामाङ राष्ट्रिय परिषद भेला केन्द्रीय संयोजक सुवास तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया