संविधान संशोधनसहित थामी स्वायत्त क्षेत्रको मागसँगै थामी समाजको पाँचौं महाधिवेशन सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ असोज २०७३, बुधवार
संविधान संशोधनसहित थामी स्वायत्त क्षेत्रको मागसँगै थामी समाजको पाँचौं महाधिवेशन सम्पन्न

सुखबीर थामीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन

काठमााडौं, ५ असोज

थामी आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल थामी समाजको पाँचौ राष्ट्रिय महाधिवेशन थामी स्वायत्त क्षेत्रको मागसँगै उपत्यकाको ललितपुरमा गत आइतबार सम्पन्न भएको छ ।

शनिबार स्टाफ कलेजमा उद्घाटन गरिएको महाधिवेशन आइतबार सम्पन्न भएको थियो । देशभरका १५ भन्दा बढी जिल्लाहरूबाट आएका विधानतः १०० जति प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

महाधिवेशनले थामी आदिवासी जनजातिको हक, हित, अधिकार र पहिचानका लागि घोषणपत्र समेत पारित गरी जारी गरेको थियो । घोषणपत्रमा अधिकार सहितको थामी स्वयत्त क्षेत्रलाई  संस्थागत गर्ने अभियान जारी राख्ने, संविधानमा छुटेका हाम्रो हक अधिकारहरूलाई संस्थगत गर्न संविधान संसोधनको पहल कदमी र दबाब अभियानलाई जारी राख्ने, आफ्नै भवनमा कार्यलय स्थापना गर्ने अभियानलाई प्रभावकारी रुपमा अघि वढाइ राख्ने, किपट भूमी भन्दा बाहिर रहेको थामी समुदायहरूका लागि संरक्षित क्षेत्रहरूको सुनिश्चिाताको अभियानलाई जारी राख्ने र संस्थाको आर्थिक पक्ष सबल बनाउनका लागि विशेष कार्यनीति तय गरि कार्यन्वयन गर्र्नेलगायत समावेश छन् ।

नेपाल सरकार आदिवासी जनजाति प्रतिष्ठान ऐन–२०५८ अनुसार सुचिकृत ५९ आदिवासी जनजाति मध्ये थामी एक अल्पसंख्यक आदिवासी जनजाति हो । सन् २०११ को जनगणनाअनुसार, ५२ जिल्लामा गरी थामी जातिको जनसंख्या २८,६११ देखाइएको छ । नेपालको साक्षरता प्रतिशत ६५.९ रहको छ भने थामी जातिको ५७.४ प्रतिशत रहेको छ । थामी जाति मूलतः दोलखा (१६६४२), सिन्धुपाल्चोक (४८९४) र रामेछाप (२०६९) र सिन्धुली (८२५) जिल्लाहरूमा घना बसोबास रहेको छ ।

सुखबीर थामीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समितिको गठन

नेपाल थामी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनले सुखबीर थामीको अध्यक्ष्यतामा २१ सदस्यीय सर्वसम्वत नयाँ कार्य समिति गठन गरेको छ । 

नेपाल सरकार आदिवासी जनजाति प्रतिष्ठान ऐन–२०५८ अनुसार सुचिकृत ५९ आदिवासी जनजाति मध्ये थामी एक अल्पसंख्यक आदिवासी जनजाति हो । सन् २०११ को जनगणनाअनुसार, ५२ जिल्लामा गरी थामी जातिको जनसंख्या २८,६११ देखाइएको छ । नेपालको साक्षरता प्रतिशत ६५.९ रहको छ भने थामी जातिको ५७.४ प्रतिशत रहेको छ । थामी जाति मूलतः दोलखा (१६६४२), सिन्धुपाल्चोक (४८९४) र रामेछाप (२०६९) र सिन्धुली (८२५) जिल्लाहरूमा घना बसोबास रहेको छ ।

थामी समाजका सल्लाहकार टहल थामीको अध्यक्षतामा गठित अध्यक्ष मण्डल र निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरको हो ।

नानु थामी, भरतमान थामी र शान्ति थामी उपाध्यक्षमा निर्वाचित भएका छन् भने लक्ष्मण थामी महासचिव, विकेश थामी र सपना थामी कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरूः टिकाराम थामी (उदयपुर), भगवती थामी (सर्लाही), रमेश थामी (भोजपुर), कुसुम थामी (मोरङ), कृष्ण थामी (सिन्धुपाल्चोक), सुनिल थामी (दोलखा), हिरा थामी (सिन्धुपाल्चोक), एगो माया थामी (सिन्धुली), अनिता थामी रहेका छन् । बाँकि ५ जना केन्द्रीय सदस्यहरू आगामी केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष सुखबीर थामीले बताए ।

आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, उत्पीडित खसलगायतको पहिचान र अधिकारको मुद्धाप्रति अनुदार देखिरहेको एमाले समर्थकको एक जना पनि थामी समाजको केन्द्रीय समितिमा निर्वाचित हुन नसकेको स्रोतले बताएको छ । समाजको यो भन्दा अघिल्लो कार्यकालका केन्द्रीय अध्यक्ष एमाले समर्थक बिनकुमार थामी थिए ।

प्रतिक्रिया