आदिवासी जनजातिले अस्वीकार गर्ने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ माघ २०७१, आइतवार

समाचारदाताकाठमाडौ । १८ माघ, २०७१ ।

Om   

संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी भएमा आदिवासी जनजातिले अस्वीकार गर्ने बताएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका प्रबक्ता डा ओम गुरुङले सो जानकारी दिएका छन् । 

‘संविधान निर्माण प्रक्रिया जसरी एकपक्षीय रुपमा अगाडि बढाईएको छ । त्यो आदिवासी जनजातिलाई स्वीकार्य छैन ।’ स्वतन्त्र सञ्चारसंस्था इन्डिजिनियस मिडिया फाउन्डेशन द्रारा उत्पादन भएको रेडियो कार्यक्रम इन्डिजिनियस भ्वाईसमा आफनो बिचार राख्दै डा गुरुङले सो जानकारी दिएका हुन् । 

‘संविधान निर्माण प्रक्रिया जसरी एकपक्षीय रुपमा अगाडि बढाईएको छ । त्यो आदिवासी जनजातिलाई स्वीकार्य छैन ।’ 

‘संविधान निर्माणमा माघ ११को कदम असाध्य गलत भयो । यसबाट आन्दोलनकारी सारेकारवाला समुदायको आसा र अपेक्षा माथि प्रहार गर्ने काम ग¥यो ।’ उनले भने – आदिवासीको माँगको कुनै कदर गरिएको छैन । यसबाट संविधान बन्दैन र बनिहालेमा पनि त्यसलाई स्वीकार गर्ने प्रश्न नै आउँदैन ।
संविधान निर्माण पनि शान्ति प्रक्रियाको अंग भएको विश्लेषण गर्दै डा गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेको यो रबैयाले देशमा अरु द्रन्द्रलाई निम्त्याउँने दावी गरे ।

दोश्रो चरणको आन्दोलन घोषण गरेर सडक संघर्षमा रहेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रबक्ता डा. गुरुङले माघ ११को कदमलाई खारेज गरेर सहमतिकै आधारमा संविधान निमार्ण गर्नु पर्ने माँग गरेका छन् ।

 

प्रतिक्रिया