संविधान सभाको प्रक्रिया अगाडी बढ्यो, मधेसी आदिवासी जनजाति लागे आन्दोलनतिर

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ माघ २०७१, आइतवार
संविधान सभाको प्रक्रिया अगाडी बढ्यो, मधेसी आदिवासी जनजाति लागे आन्दोलनतिर

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार संविधानसभा बैठकबाट एकलौटी ढङ्गले प्रश्नावली बनाउनका लागि प्रस्ताव निर्माण समिति गठन गरे । उनको निर्णयको विरोधमा विपक्षी मोर्चाका नेताहरुले संघर्षमा जाने घोषणा गरेका छन् ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको प्रक्रिया अगाडि बढाएर संविधानसभाका अध्यक्ष नेम्वाङले भूल गरेको टिप्पणी गर्दै ३० दलीय मोर्चाले आन्दोलनमा जानुको विकल्प नरहेको निष्र्कष निकालेको छ ।

आईतबार साँझ सिंहदारबारमा बसेको मिटिङले विपक्षी मोर्चाका सभासद्हरुको व्यापक विरोध तथा नाराबाजीका बाबजुद सभाका अध्यक्ष नेम्वाङले गरेको सो निर्णयले परिणाम नकरात्मक परिणाम ल्याउने र त्यस्को जिम्मेवार नेपाली काङग्रेस, नेकपाएमाले र संविधानसभाका अध्यक्षा नेम्वाङले लिनु पर्ने समेत ठहर गरेको छ ।

विपक्षी सभासद्हरुले गत माघ ५ गतेदेखि प्रश्नावली नबनाई सहमतिमा संविधान लेखन गर्नुपेर्न भन्दै विरोध गर्दै आएका थिए ।

सभा अध्यक्ष नेम्वाङको सो कदमले संविधानसभालाई विभाजित गर्दै प्रतिगमनतिर लैजाने र देशलाई फेरि एउटा नयाँ द्वन्द्वमा फसाउने काम गरेको छ’, पुष्पकमल दहाल (प्रचण्ड)ले बताए ।

यसैगरी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध, मधेस आन्दोलन र जनजाति आन्दोलनलगायतका सम्पूर्ण आन्दोलन र त्यस क्रममा भएका सम्झौता र सहमतिविपरीत गएर संविधानसभाका अध्यक्षले संविधानसभालाई प्रक्रियामा लगेको आरोप लगाए ।

पत्रकार सम्मेलन गरी ३० दलीय मोर्चाले  सभामुखले चालेको कदम नसच्चिए सम्म संविधानसभा तथा सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी नहुने निर्णय समेत गरेको जनकारी गरियो । मोर्चाले सोमबार वैठक वसी विरोधका कार्यक्रमहरु घोषण गर्ने पनि बताए । भने आईतबार सँझ देशैभरि प्रतीकात्मक रुपमा विरोध जुलुस तथा सभामुखको पुत्ला दहन गर्ने जस्ता कार्यहरु समेत गरेका थिए ।

प्रतिक्रिया