प्रतिष्ठानको उपाध्यक्षमा गूरुङ र सदस्य सचिवमा माझी नियुक्त

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३० वैशाख २०७३, बिहिवार

सरकारले करिव एक बर्षको अन्तरालपछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ र सदस्य सचिवमा गोविन्दलाल माझीलाई नियुक्त गरेको छ । 

गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य हुन भने सदस्य सचिव माझी एमाले निकट नेपाल लोकतान्त्रिक माझी संघका केन्द्रीय अध्यक्ष हुन ।

गत असारमा निबर्तमान उपाध्यक्ष झकबहादुर मगरको कार्यकाल सकिएपछि प्रतिष्ठान नेतृत्व बिहिन अवस्थामा थियो । उपाध्यक्षका लागि प्रतिष्ठान सञ्चालन समितिबाट निर्वा्चित एक जना सदस्य, नेपाल आदिवासी जनजाति महासंघ र स्थानीय विकास मन्त्री गरी तीन जनाको शिफारिसमा प्रधानमन्त्रीले नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया