पहिचान सहितको संघियताका लागि आन्दोलन नेपालको आन्दोदन जारी रहने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ माघ २०७१, शुक्रवार

माघ ९, काठमण्डौं । पहिचान सहितको संघिय संविधान जारी गर्नुपर्ने माग सहित आन्दोलनरत आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले दबाबका आन्दोलन जारी राख्ने भएको छ । माघ ६ गतेदेखि लगातार संविधानसभा भवन नयाँबानेश्वर क्षेत्रमा धर्ना र विरोध प्रर्दशन गर्दै आएको आन्दोलन नेपालले आज पनि कार्यक्रम जारी राख्ने भएको हो ।

माघ ८ मा नयाँ संविधान जारी गर्नेगरि जनतासमु प्रतिवद्धता गरेका राजनैतिक दलहरुले संविधानका मुख्य विवादित विषयमा सहमति गर्न नसकेपछि संविधानको मस्यौदा समेत नल्याइ समय घर्केको अवस्थामा आन्दोलन थप शसक्त बनाउने आन्दोलन नेपालका नेताहरुले बताएका छन् । पद्मरत्न तुलाधर नेतृत्वको आन्दोललन नेपालको अगुवाइमा आदिवासी जनजातिहरुले आज पनि बिहान ११ बजेपछि घेराउ र धर्नाका कार्यक्रम गर्ने भएका हुन् । यसैबिच आदिवासी जनजातिको आन्दोलनलाई उठान गर्न नसकेको आदिवासी जनजाति महासंघले भने आज कुनै विरोधका कार्यक्रम नगर्ने जनाएको छ ।

बुधबार र बिहीबार नयाँबानेश्वरमा धर्नामा बसेको महासंघले फेरिएको राजनैतिक घट्नाक्रमपछि भने आज सडकमा आन्दोलन नगर्ने अध्यक्ष तथा सभासद नागेन्द्र कुमालले जानकारी दिनुभयो । बिहीबार सडकमा भएको विरोध प्रर्दशनमा महासंघका अध्यक्ष नागेन्द्र कुमाल, महासचिव पेम्बा भोटेलगायतको उपस्थिती रहेको थियो । अब के गर्ने भन्ने विषयमा बैठक बसेर निर्णय गरिने अध्यक्ष कुमालको भनाइ छ ।

प्रतिक्रिया