खिम्ती–ढल्केबर परियोजनाको विरोधमा भएको शान्तिप’र्ण धर्नामा प्रहरीको ज्यादती

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ चैत २०७२, आइतवार
खिम्ती–ढल्केबर परियोजनाको विरोधमा भएको शान्तिप’र्ण धर्नामा प्रहरीको ज्यादती

खिम्ती–ढल्केबर विद्युत प्रसारण परियोजना प्रभावितले आईतबार सिन्धुलीमा गरेको धर्नामा प्रहरीले व्यापक धरपकड गरेको छ । आफ्ना माग पूरा गर्न धर्नामा बसेका स्थानीय बासिन्दामाथि प्रहरीले धरपकड गर्नुका साथै कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

विगत तीन वर्षदेखि सिन्धुली कमलामाई नगरपालिका ६ का स्थानीय बासिन्दाले विद्युत प्रसारण लाइन अन्यत्रबाट लैजान माग गर्दै विरोध जनाउँदै आएको छ । तर सरकारले भने बल प्रयोग गरेरै भएपनि प्रसारण लाइन लैजान खोजेपछि आजदेखि स्थानीय बासिन्दा धर्नामा बसेका हुन् ।

धर्नामा रहेकाहरुलाई वार्तामा बोलाएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीकै परिसरबाट संघर्ष समितिका अध्यक्ष सुरेन्द्रश्वर मोक्तानसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना मागको सुनुवार्ई नगरी धरपकड र पक्राउले आफूहरु थप आक्रोसित भएको भन्दै स्थानीय बासिन्दाले माग पूरा नहुञ्जेल ज्यानको बाजी राखेर भएपनि आन्दोलन गर्ने बताएका छन् ।

चैत्र २४ गते राष्ट्रिय मानव अधिकार आयोगले खिम्ती–ढल्केबर विद्युत प्रसारण परियोजनाको काम अघि बढाउन शिफारिस गरेको थियो । स्थानीयबासी र पीडित संघर्ष समितिका पदाधिकारीहरुले आयोगको सो शिफारिस विरुद्ध २०७२ साल चैत्र २८ गते देखि शान्ति पूर्ण धर्ना शुरु गरेका थिए । 

न्यायका लागि शान्तिपुर्ण धर्नामा बसेका स्थानिय पिडीत समुदायलाई कुटनेपीटने, बलप्रयोग गर्ने पक्रने थुन्ने क्रम जारी रहेको  स्थानीयहरुको भनाई छ । 

धर्ना कार्यक्रम शुरु गर्नु अघि विहान  ८ बजे प्रमुख जिल्ला अधिकारीले वार्ताको लागि भन्दै बोलाएको र बिहान ११ बजे संघर्ष समितीका अध्यक्ष सुरेन्द्रश्वर मोक्तान लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी संर्घष समितिका सदस्यहरु अम्बिका थापा, पावती थापा, कृष्ण बहादुर थापा, गंगा कार्की र लक्ष्मी तामाङ जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको हाताबाट पक्राउ परेका स्थानीयहरुको भनाई छ । 

न्यायका लागि शान्तिपुर्ण धर्नामा बसेका स्थानिय पिडीत समुदायलाई कुटनेपीटने, बलप्रयोग गर्ने पक्रने थुन्ने क्रम जारी रहेको साथै नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)का मानव अधिकार प्रतिरक्षक गोकुल भूजेललाई समेत पटक पटक प्रहरी निरिक्षकले फोन गरी पक्रने धम्की दिइरहका छन् । त्यसैगरी संघर्ष समितिका अरु पदाधिकारुलाई पनि पक्राउ गर्न प्रहरीहरुले गाउँ गाउँमा खोजतलास गरिरहेको स्थानीयहरुको भनाई छ । अर्को तर्फ धर्नामा बसेका पिडीत समुदायहरुलाई उनीहरुले धर्नामा बस्न बनाएको छाप्रो टेन्ट भत्काउने, र खेद्ने महिलामाथि हातपात गर्ने कुटपीट गर्ने गर्दे खेदाउने काम भईरहेको मानव अधिकार प्रतिरक्षक गोकुल भूजेलले बताए । 

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले प्रेस विज्ञप्ती जारी गरि जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको विरुद्धमा बल प्रयोग तथा धरपकड गर्ने स्थानीय प्रशासनको कार्यप्रति भत्र्सना गरेको छ । साथै शान्तिपूर्ण आन्दोलन गरि रहेको स्थानमा करिव ५०० जना सुरक्षाकर्मि परिचालन गरि त्रासको वातावरण सिर्जना गरेको र प्रशासनले गरेको यस प्रकारको क्रियाकलाप लत्काल रोकी संघर्ष समितिसँग वार्तामा बस्न आग्रह समेत गरेको छ । त्यसैगरी साथै राज्यको यस प्रकारको मानव अधिकार बिरोधी कार्यबाट हुन जाने धनजनको क्षती हुन सक्ने अप्रिय घटना प्रति सरकार जिम्मेवार हुनु पर्नेमा समेत ध्यानाकार्षण गराएको छ । 

high

high

media

media

 

प्रतिक्रिया