लिम्बुवानका शीर्ष नेताले एउटै मञ्चबाट सम्बोधन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ चैत २०७२, सोमवार
लिम्बुवानका शीर्ष नेताले एउटै मञ्चबाट सम्बोधन

आ–आफ्नै अडानमा नेताहरू

सन्देश सुब्बा


पाँचथर । साउन १९, ०७० मा धनकुटाको भेडेटारमा पाँच लिम्बुवानजन्य संगठनबीच एकिकरण भएको केही दिनमै फरक–फरक धु्रवमा विभाजित लिम्बुवानका ३ शीर्षस्थ नेताले चैत १३ गते एउटै मञ्चबाट सम्बोधन गरेका छन् ।

एकिकरण पछि बनेको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेन, सर्वमान्य नेता वीर नेम्बाङ र वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले  पाँचथरको अमरपुरस्थित भालुचोक बजारमा आयोजित सभालाई सम्बोधन गरेका हुन् । पार्टी एकिकरणपछि झापाको बिर्तामोडमा आयोजित एकता सभा पछि निकै कम मात्र एउटै मञ्चमा देखिने गरेका यी नेताले शनिबार एउटै मञ्चमा उभेर भाषण गरे पनि आफ्ना पुरानै अडान दोहो¥याउँन भने बिर्सेनन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधानसभा बाट लिम्बुवान सुनिश्चित नभए पछि अब मुलुकभरका सम्पूर्ण संघीयवादी र पहिचानवादी शक्तिहरू एक भएर लड्नुको विकल्प नहरको पुरानै अडान दोहो¥याए । यता ग्रेटर लिम्बुवानको कुरा उठाइरहेका सर्वमान्य नेता नेम्बाङले पार्टी अध्यक्षले आफ्नो कुरा नसुनी अगाडि बढेको आरोप लगाए । त्यस्तै संविधान जारी भए सँगै ‘समानान्तर सरकार’ बनाएर आन्दोलनलाई शसक्त रूपले अघि बढाउँनुपर्ने तर्क राख्दै आएका वरिष्ठ नेता पालुङवाले अबको लिम्बुवान प्राप्तीको आधार ‘समानान्तर सरकार’ नै भएको जिकिर गरे ।

एकिकरण पछि बनेको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेन, सर्वमान्य नेता वीर नेम्बाङ र वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले  पाँचथरको अमरपुरस्थित भालुचोक बजारमा आयोजित सभालाई सम्बोधन गरेका हुन् । पार्टी एकिकरणपछि झापाको बिर्तामोडमा आयोजित एकता सभा पछि निकै कम मात्र एउटै मञ्चमा देखिने गरेका यी नेताले शनिबार एउटै मञ्चमा उभेर भाषण गरे पनि आफ्ना पुरानै अडान दोहो¥याउँन भने बिर्सेनन् ।

आधा दर्जन बढी संगठनमा विभाजित लिम्बुवानजन्य पार्टीहरू एक भए पनि कसरी अघि बढ्ने भन्ने विषयमा शीर्षस्थ नेताहरूले मिलनबिन्दु पहिल्याउँन नसक्दा लिम्बुवान आन्दोलन कमजोर बन्दै गएको स्वयंम् लिम्बुवानका नेताहरू स्वीकार्छन् । अध्यक्ष र पार्टीका शीर्ष नेताहरूबीचको मतभेदकै कारण यसअघि दुई समूह द्धारा छट्टाछुट्टै आन्दोलनको कार्यक्रम सञ्चालन भएको थियो । संविधान जारी नहुँदै र जारी भइसकेपछि सञ्चालित आन्दोलनका कार्यक्रममा अध्यक्ष लिङदेनले किरात याक्थुङ चुम्लुङ सहितको संयुक्त लिम्बुवान संघर्ष समितिमा पार्टीको तर्फबाट आन्दोलनको अगुवाइ गरे भने पार्टी एकता हुँदै बनेको वरिष्ठ नेता पालुङवा संयोजक रहेको उच्च स्तरीय लिम्बुवान संघर्ष समितिले छुट्टै आन्दोलन गरेको थियो ।

यसरी एउटै पार्टी भित्र बाट दुई वटा समूह आन्दोलनमा उत्रिंदा कतिपय अवस्थामा कार्यकर्ताले दुर्घटनाको जोखिम मोल्नु परेको पार्टीका केन्द्रीय सचिवालय सदस्य लावाहाङ चेम्जोङले बताए । पार्टी भित्र देखिएको यो प्रवृतिले लिम्बुवान आन्दोलन क्रमशः कमजोर बन्दै गएकोले आफूहरूले पार्टी शीर्ष तहलाई आन्दोलनको मिलनबिन्दु खोज्न निरन्तर घच्घच्याइरहेको चेम्जोङले बताए । नेताहरूबीचको मतभेदले लिम्बुवान भित्र खेल्न चाहने प्रतिक्रियावादी शक्तिहरूले थप चलखेल गर्ने अवशर पाएकोले तत्काल यसको अन्त्य गरी लिम्बुवान प्राप्तीको लागि शशक्त आन्दोलनको एउटै रोडम्याप तय गर्नुपर्ने एक केन्द्रीय सदस्यले बताए ।

 एउटै पार्टी भित्र बाट दुई वटा समूह आन्दोलनमा उत्रिंदा कतिपय अवस्थामा कार्यकर्ताले दुर्घटनाको जोखिम मोल्नु परेको  नेताहरूबीचको मतभेदले लिम्बुवान भित्र खेल्न चाहने प्रतिक्रियावादी शक्तिहरूले थप चलखेल गर्ने अवशर पाएकोले तत्काल यसको अन्त्य गरी लिम्बुवान प्राप्तीको लागि शशक्त आन्दोलनको एउटै रोडम्याप तय गर्नुपर्ने एक केन्द्रीय सदस्यले बताए ।

संघीय लिम्बुवान पार्टी नेपाल, पाँचथर इलाका नम्बर २ को आयोजनामा सम्पन्न उक्त लिम्बुवानी आमसभालाई अध्यक्ष लिङदेन, सर्वमान्य नेता नेम्बाङ र वरिष्ठ नेता पालुङवा सँगै केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, केन्द्रीय सचिवालय सदस्य विष्णु भट्टराई लगायतका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले समेत सम्बोधन गरेका थिए । वक्ताहरूले संघीयता, पहिचान र अधिकारको लागि देशैभरीबाट उठिरहेका चित्कार र चिच्याहटलाई बेवास्ता गरेर कांग्रेस–एमालेले आफूखुसी जारी गरेको संविधान लिम्बुवानलाई मान्य नभएको दोहो¥याए । उनीहरूले अहिलेको संविधान आदिवासी जनजाति, महिला, मधेशी–मुस्लिम, अल्पसंख्यक र सिमान्तकृतहरूको विरुद्धमा रहेको उल्लेख गर्दै संघीयता, पहिचान र अधिकारको लागि भइरहेको संघर्षमा सबैलाई गोलबद्ध हुन आह्वान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ लिम्बू गायिका मनु नेम्बाङ र प्रथम लिम्बुवान आइडल कञ्चन थलङले करीव एक दर्जन गीत पस्केर सांगीतिक रङ्ग भरेका थिए । गायिका नेम्बाङले ‘सिनाम नु तेम्बे ...’ र ‘फिदिमको गाडि ...’ लगायतका लिम्बू तथा नेपाली गीत गाउँदा सभामा उपस्थित दर्शक मध्यदिनको टन्टलापुर घाममा पनि छमछमी नाँचेका थिए । त्यस्तै प्रथम लिम्बुवान आइडल कञ्चन थलङले ‘पानी खानु तिर्तिरे धारा ...’ र ‘चासोक तङ्नाम च्याबु्रङको तालैमा ...’ आदि गीत गाएर दर्शकलाई उफोरका थिए ।

प्रतिक्रिया