खिम्ती ढल्केबर २२० के.भि. विद्युत प्रशारण लाइन पिडित संघर्ष समितिले आन्दोलन शसक्त पार्ने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ चैत २०७२, सोमवार

सिन्धुलीमा ६ वर्ष देखिन खिम्ती ढल्केबर २२० के.भि. विद्युत प्रशारण लाइनले सिन्धुलीका रतनचुरा गाविस, भद्रकालाी गाविस, रानीचुरी गाविस र कमलामाई नगरपालिकाको घनावस्ती, विद्यालय, धार्मिक तथा साँस्कृतिक स्थलाहरुबाट आदवासी जानजाति समुदाय तथा स्थानीय समूदायलाई एफ आइ सी नगरीकना विभन्न तरिकावद्ध ढंगले ढाट छल गरी मानवसमुदाय तथा उर्वभर भूमिलाई प्रयोग गरी निर्माण कार्य गर्न लागेकोमा विगत ६ वर्षदेखिन उक्तलाइनको पिडित संघर्ष समिति गठन गरी निरन्तर  आफ्ना हक अधिकार सुनिश्चित गर्नका संघर्ष गरिराखेका छन् ।

आज  संघर्ष समितिले आफ्नो संघर्षलाई अझै शसक्त बनाउनको लागि रतचुरा गाविस, भद्रकाली गाविस, रानीचुरी गाविस र कमलामाई नगरपालीकाको करकरे समेत गरी ४ ओटा इकाई संघर्ष समिति गठन गरेको जानकारी मुल संघर्ष समितिका उपाध्यक्ष उक्तबहादुर थापामगरले जानकारी गराएका छन् ।

विद्युत प्रशारण लाइनले पिडितहरुले राखेका विकल्प सहितका मागहरु  अविलम्ब संवोधन गरी शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विद्युत प्रशारण लाइन सहमत नभएमा सिन्धुलीका निर्माणाधिन पोलहरु पिडित जनलाताले भत्काइदिन्छौ 

आफुहरु विकास विरोधी नभएको र गुमेका आधारभुत मानवअधिकार स्थापित गर्नका लागि आन्दोलन गरेको भन्दो  आफ्नो पैत्रिक सम्पीतिबाट हट्नु पर्ने परिस्थिति आएमा वलिदान दिन परे पनि आफुहरु तयार रहेको रतनचुरा गाविसको इकाई संघर्ष समितिका अध्यक्ष चित्रबहादुर श्रेष्ठले वताए ।

विद्युत प्रशारण लाइनले पिडितहरुले राखेका विकल्प सहितका मागहरु  अविलम्ब संवोधन गरी शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विद्युत प्रशारण लाइन सहमत नभएमा सिन्धुलीका निर्माणाधिन पोलहरु पिडित जनलाताले भत्काइदिन्छौ भद्रकाली गाविस इकाई संघर्ष समितिका अध्यक्ष तिलमाया लिम्बु बताउनु भयो ।

प्रतिक्रिया