खिम्ति ढल्केबर विद्युत प्रशारणलाइन परियोजनाबाट प्रभावित सिन्धुलीका स्थानीयबासीहरुले शसक्त आन्दोलन गर्ने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ चैत २०७२, शुक्रवार

खिम्ति ढल्केबर २२० के.भि. विद्युत प्रशारणलाइन परियोजनाबाट प्रभावित स्थानीयबासीहरुको कमलमाई नगरपालिका वडा नं. ७ वर्देउटार सिन्धुलीमा आज वसेको भेलाले शसक्त आन्दोलन गर्ने निर्णय गरेका छन् । भेलामा पिडितहरुको तर्फबाट ५१ प्रतिनिधिहरुको उपस्थिति थियो ।

खिम्ति ढल्केबर विद्युत प्रशारण लाइन पिडित संघर्ष समितिको सम्पन्न भेलाले सिन्धुली जिल्लमा ६ वर्ष देखि आफ्ना आधारभूत मानवअधिकार हनन गरेको भन्दै वारपारको आन्दोलन गर्ने निर्णय गरेको हो । सिन्धुलीका पिडित स्थानीयबासीहरुसंघर्ष समिति गठन गरी विगत ६ देखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

सिन्धुलीका पिडित स्थानीयबासीहरुसंघर्ष समिति गठन गरी आफ्ना आधारभूत मानवअधिकार हनन गरेको भन्दै विगत ६ देखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

सो भेलाले खिम्ति ढल्केबर २२० के.भि. विद्युत प्रशारण लाइन मानव वस्तीबाट डाइभर्सन गरी जंगलको मार्गबाट निर्माण गर्नु पर्ने र डाइभर्सन नगरेमा प्रभावित समुदाय सबैलाई विस्थापन गरी जग्गाको वदलामा जग्गानै दिएर सुब्यवस्थित रुपमा प्रभावित समुदायको एकिकृत वस्तीको व्यवस्थापन गरिदिनु पर्ने, सो परियोजनाले, सिन्धुलीको रतनचुरा गाविस वडा नं. १ र २, भद्रकाली गाविसको वडा नं. १, २ र ३ कमलामाई नगरपालिकाको वडा नं. ६ अँधेरी, वडा नं. ७ बर्देउटार, माझीटार, ठुलीटार, बुकाडाँडा, वडा नंं. ४ सानो करकरे, बेलगाँछी, वडा नं. १० माइस्थान करकरे  र रानीचुरी गाविस वडा नं. १ का जनताहरुलाई विद्युत प्रशारण लाइनको सेयर  दिनु पर्ने, उल्लेखित क्षेत्रका जनताको लागि विद्युत प्राधिकरणमा कुनै पनि पद पूर्ति गर्दा न्युनतम २० प्रतिशत सिन्धुलीको प्रभावित क्षेत्रलाई कोटा छुट्याइदिनू पर्ने माग राखेको छ ।

परियोजनाबाट प्रभावित स्थानीयबासीहरुको भेलाले शसक्त ८ वटा मागहरु राखी  शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

यस्को साथै मुआब्जा दिएर समस्या समाधान गर्ने भए, हाल विवाद ग्रस्त स्थानमा फिडर रोडको माध्यमबाट सबै पिडितहरुको माग संवोधन गर्ने गरी फिडर रोडले अधिकरण गरेको जग्गा विवरण सार्वजनिक गरी पुनः मुआब्जा सम्बन्धमा पिडितहरुसंग छलफल सहमत गराएर विावद समाधान गर्ने गरी मुआब्जाको मूल्य निर्धारण पुर्व शुसुचित स्वतन्त्र मञ्जुरीको पद्धतिबाट पुनरनिर्धारण गर्नु पर्ने,  विद्युत प्रशारण लाइनबाट प्रभावित स्वीस सिन्धुली स्कुलको सम्बन्धमा, हाल विद्यालयले भोग चलन गरेको क्षेत्रफल बमोजिम, पायक पर्ने र विद्युत प्रशारण लाइनको प्रभाव नपर्ने स्थानमा  जग्गा उपलब्ध गराई उही स्तरको उस्तै भवनहरु निर्माण गरिदिनु पर्ने,  प्रभावित समुदायको समाजिक, आर्थिक विकासको लागि  सिन्धुलीमा पिडित  संघर्ष समितिमार्फत संयन्त्र बनाएर  कार्यक्रमहरु गर्नु पर्ने, कमला नगरपालिका ७ सिन्धुलीमा २२० के.भि. विद्युत प्रशारणलाइनबाट प्रभावित क्षेत्रमानै उक्त आयोजनाको  कार्यालय भवन निर्माण गरी,  आयोजनाको गतिविधिहरु सञ्चालन गर्नु पर्ने जस्ता ८ वटा मागहरु राखी आन्दोलन गर्ने निर्णय गरेको छ ।

सिन्धुलीबाट गोकुल भुजेल

प्रतिक्रिया