प्रधानमंत्रीले होच्याए आदिवासीलाई

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ पुष २०७२, सोमवार
प्रधानमंत्रीले होच्याए आदिवासीलाई

काठमाडौ

प्रधानमंत्री केपी शर्मा ओलीले आदिवासी जनजातिलाई होच्याएर अभिब्यक्ति दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको तीसौ बार्षिकोत्सवको पुस २८  गते समुद्घाटन गर्दै उनले भने– यहाँ आदिवासीको गलत परिभाषा दिइएको छ । नेपालका सबै जाति आदिवासी हुन् । जाँडको कीरा जस्तो कोही पनि फुट्ट निस्केर बसेका होइनन् ।

आदिवासीलाई मतवालीको संज्ञा दिदै आइएकोमा उनले जाँडको कीरासंग तुलना गर्दै यहाँ कोही धर्तीपुत्र नरहेको, सबै नेपाल पुत्र, पुत्री रहेको बताए । अर्को प्रसंगमा उनले पृथ्वीनारायण शाहले राज्य एकिकरण गरे पनि सामाजिक एकिकरण गर्न नसकेको बिचार राखे । नेपाल तमाम भाषीक समुदायको देश भएकोले सबै एकजुट भएर जानु पर्ने तर्क प्रम ओलीले गरे । तर एकताको सुत्रबारे भने केही बोलेनन् । प्रमले पहिचानको नाममा नराम्ररी जातीय विद्रोह फैलाउन खोजिएको, पृथकतावादी तत्व सकृय रहेकोमा त्यसलाई नस्वीकारिने बताए । उनले आफूलाई गाउन, बजाउन नआए पनि आफू साहित्य, संगीत मैत्री भएको बताउँदै अन्तर्राष्ट्रिय साहित्य गोष्ठी, सम्मेलन गर्न सुझाए ।

आदिवासीलाई मतवालीको संज्ञा दिदै आइएकोमा उनले जाँडको कीरासंग तुलना गर्दै यहाँ कोही धर्तीपुत्र नरहेको, सबै नेपाल पुत्र, पुत्री रहेको बताए । अर्को प्रसंगमा उनले पृथ्वीनारायण शाहले राज्य एकिकरण गरे पनि सामाजिक एकिकरण गर्न नसकेको बिचार राखे 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा उपकुलपति डा विष्णुविभु घिमिरेले स्वागत गरेका थिए । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले वर्तमान प्रधानमंत्री साहित्यमैत्री भएकोले नेपाली साहित्यको विकासमा उहाँको कार्यकालमा राम्रो काम होस् भन्ने कामना गर्नु भयो ।

प्रतिक्रिया