आठ गुरुङ सञ्चारकर्मी पुरस्कृत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ पुष २०७२, बिहिवार
आठ गुरुङ सञ्चारकर्मी पुरस्कृत

काठमाडौं

तमू जातिको ठुलो पर्व ल्होसारको अवसरमा तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले पुस १४ गते ८ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

जस अनुसार पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट चुनबहादुर गुरुङ र नागरिक दैनिकका उपेन्द्र लामिछानेलाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी जनही १० हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यस्तै सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार कालिका एफएम चित्तवनका सितादेवी गुरुङ र फोटो पत्रकार नविन गुरुङलाई दिइएको छ । पुरस्कारको राशी जनही पाँच हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ । तमु आदिकवि हर्कबहादुर स्मृति पुरस्कारबाट ‘तमू मै ता‘ कार्यक्रमका प्रस्तोता तथा निर्देशक युगबहादुर गुरुङलाई दिइएको छ । यो वर्षको लक्ष्मी पत्रकारिता पुरस्कार भने रेडियो मर्स्याङ्दी लमजुङका स्टेशन म्यानेजर मिना गुरुङलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी जनही १० हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

कार्यक्रममा पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले पुरस्कारको राशी बढाएर अर्को वर्षदेखि जनही २० हजार रुपैयाँ पु¥याउने घोषणा गर्नुभयो ।

सिआई टेकबहादुर र रसकुमारी पत्रकारिता पुरस्कारबाट रेडियो लुम्विनी रुपन्देहीका देवराज गुरुङलाई दिइएको छ । त्यस्तै यो बर्षको ल्होछार पत्रकारिता पुरस्कारबाट एबीसी टेलिभिजनका लोक गुरुङ पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही पाँच हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

संघले यो ल्होको अवधिमा तमू समुदायमा भएको उपलव्धीलाई समेटेर प्रकाशन गरेको तमू वर्ष पुस्तक ‘गुरुङ न्यूज डटकम’ बिमोचन गरेको छ । कार्यक्रममा पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले पुरस्कारको राशी बढाएर अर्को वर्षदेखि जनही २० हजार रुपैयाँ पु¥याउने घोषणा गर्नुभयो । संघका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

यसैबीच तमुहरुको ठुलो पर्व ल्होसारको अवसरमा बिहान नौ बजे झाँकी सहित निस्केका जुलुस वसन्तपुरबाट काठमाडौंका मुख्य सडकमा फन्को मारेर टुँडिखेलमा ल्होसार महोत्सवमा जम्मा भएको थियो ।

प्रतिक्रिया