आदिवासी जनजातिको दृष्टिकोणबाट संविधान हेर्दा

अधिबक्ता शंकर लिम्बु
अधिबक्ता शंकर लिम्बु१६ पुष २०७२, बिहिवार
आदिवासी जनजातिको दृष्टिकोणबाट संविधान हेर्दा

आदिवासी जनजातिको दृष्टिकोणबाट संविधान हेर्दा ११ ओटा धारा प्रत्यक्ष रुपमा आदिवासी जनजाति बिरोधी रहेको छ । २९ ओटा धारा बिभेदकारी छन् भने ३९ आटा धारा बहिष्कारण गर्ने खालको छ । त्यसैगरी जातीय सर्वोच्चतालाई साथ दिने धारा ५ ओटा छन् । एकल जातीय हैकमबादलाई सुनिश्चित गर्ने र निरन्तरता दिने धाराहरु पनि धेरै छन् ।

यसरी हर्दा यो संबिधानले आदिवासी जनजातिको अधिकारलाई संरक्षण भन्दा पनि अधिकारबिहिन गराउने गरी आएको छ । एक हिसाबले यो संबिधान प्रतिगामी रहेको छ । अन्तरीम संबिधानमा भएका अधिकार पनि यो संबिधानले हटाएको छ । समानुपातिक समाबेशीताको अधिकार अन्तरीम संबिधानमा धारा २१ मा प्रत्याभुत गरेको थियो । अहिने समानुपातिक हटाएर समाबेशी भनेर मात्र राखिएको छ । यसले आदिवासी जनजातिको समस्यालाई सम्बोधन गर्न सक्दैन । पञ्चायत कालमा राजालाई जो मन लाग्यो, उसैले मात्र स्थान पाउँथ्यो । अहिले पनि अवस्था त्यस्तै आएको छ ।

यो संविधानले सनातन धर्मलाई संरक्षण गर्ने भनेर प्रष्टिकरण दिएको छ । यसको घुमाउरो अर्थ हिन्दु धर्मलाई संरक्षण गर्ने भनेको नै हो । प्रज्ञा प्रतिष्ठानले निकालेको शब्दकोशका अनुसार सनातन भनेको हिन्दु धर्म नै हो भनेर प्रष्ट लेखिएको नै छ । त्यसकारण यो संबिधानले हिन्दु धर्मावलम्बीलाई सर्बोच्च बनाएको छ । यहाँ धेरै धर्मालम्बीहरु भएको देशमा हिन्दुलाई मात्र प्रशय दिइएको छ । बुद्ध धर्मको कुरा गर्दा इन्डियाले बुद्ध इन्डियामा जन्मेको भनेको बेला मात्र नेपालमा त्यसको बिरोध हुन्छ । त्यो देखाउने ढोङ्ग पनि हो । बुद्ध जन्मेको देशलाई हिन्दु राष्ट्र बनाउनु भनेको गतिलो झापड लगाएको हो ।

यो संविधानले सनातन धर्मलाई संरक्षण गर्ने भनेर प्रष्टिकरण दिएको छ । यसको घुमाउरो अर्थ हिन्दु धर्मलाई संरक्षण गर्ने भनेको नै हो । प्रज्ञा प्रतिष्ठानले निकालेको शब्दकोशका अनुसार सनातन भनेको हिन्दु धर्म नै हो भनेर प्रष्ट लेखिएको नै छ

भाषाको आधारमा हेर्दा अन्तरीम संबिधानमा सरकारी निकायमा जहाँ पनि मातृभाषाको प्रयोग गर्न पाईने भन्ने उल्लेख थियो । तर यो जारी संबिधानमा भने खस भाषालाई सरकारी कामकाजको भाषा भनेर भनिएको छ । आदिवासी जनजातिहरुले खस भाषा प्रयोग कम गर्ने हँुदा उनीहरुको सरकारी निकायमा जान कठिन भएको अवस्था पनि छ ।
प्रदेशमा बहुमतले बोल्ने दोश्रो भाषा सरकारी कामकाजको भाषा हुने भनिएको छ । तर यहाँ त राज्यको पुनसंरचना नै यसरी छिन्न भिन्न ढंगले गरिएको छ कि सबै मातृभाषीहरु अल्पसंंख्यक रहेको अवस्था छ । लिम्बुवानमा गएमा लिम्बु भाषीहरु अल्पसंख्यकमा रहेका छन् भने तामाङ, मगर, थारु लगायत अरु भाषाको अवस्था पनि उस्तै रहेको छ । यसरी प्रदेशमा पनि मातृभाषाको प्रयोग नहुने देखिन्छ ।

अन्तरीम संबिधानमा अग्रगामी राज्य पुनरसंरचनको कुरा गरेको नै छ । मुख्य कुरा स्वायतता र सुशासन सहितको संघीयताको कुरा निर्बाचन पहिले नै संबिधान सभामा लिपिबद्ध गर्ने भनेको हो । दोस्रो संबिधान सभाले स्वामित्व ग्रहण गर्ने भन्ने कुरा थियो । त्यो नि हुन सकेन । कुलीन, केही संभ्रान्तहरुको हाली मुहाली गर्न यो संबिधानले सुनिश्चित गरेको छ । जहाँ समानुपातिक भन्ने थियो त्यहाँ कुलीन, केही संभ्रान्तहरुको भाग सुनिश्चित गरेको छ भने ५९ आदिवासी जनजाति जो सूचीकरणमा परेको छ, उनीहरुको भने कुनै प्रकारको अधिकार सुनिश्चित गरिएको छैन ।

 संबिधान जारी गरेको बेला पनि सेना परिचालन गरियो । संबिधान जारी गरेपछि संकट हट्ने छ भनेर घोषणा गरेको छ । तर यो संकट हटाउन हैन, बढाउनको लागि यो संबिधान आएको देखिन्छ ।

त्यस्तैगरी महिलाको अधिकार सुनिश्चित भए पनि मुस्लिम महिला, आदिवासी जनजाति महिला, दलित महिलाको हक र अधिकारलाई पनि वर्गिकरण गरेर सुनिश्चित गरिएको छैन । आदिबासी जनजातिको आत्मनिर्णयको अधिकारको कुरा संबिधानमा राख्नुपर्ने हो । तर यो हुन सकेको छैन । संबिधानबाट प्रक्रियाबद्ध रुपमा आदिवासी जनजातिलाई पाखा पारिएको हुँदा यस्तो संबिधान आएको छ । त्यस्तैगरी संबिधान जारी गरेको बेला पनि सेना परिचालन गरियो । संबिधान जारी गरेपछि संकट हट्ने छ भनेर घोषणा गरेको छ । तर यो संकट हटाउन हैन, बढाउनको लागि यो संबिधान आएको देखिन्छ ।

राज्यको अग्रगामी पुनरसंरचनाको लागि आदिवासी जनजातिको स्वायतता, पहिचान सहितको राज्य र हरेक निर्णय गर्न पाउने कुराहरु, भूमि स्वामित्वको कुराहरु तथा हरेका ठाउँमा जातिको जनसंख्याको आधारमा राज्यको हरेक संरचनामा सहभागी हुन पाउनुपर्ने अधिकार दिइनुपर्छ । यसबारे उनीहरुसंग संम्झौता भएका छन् । किरात जनबादी वर्कर्स पार्टीदेखि थारु लगायत धेरैसंग सहमति गरेको अवस्था थियो । आइएलओ लागुको सन्दर्भमा पनि बिभिन्न सहमति गरेको अवस्था छ । तर त्यो संबिधानमा लेखिएन ।

यो सरकार जनताप्रति जिम्मेवार छैन । यो स्थिति रहि रहेमा नेपाल असफल राष्ट्रको हिसाबमा जान्छ । र, यो राष्ट्र नै रहन्छ कि रहन्न भन्ने कुरामा नै शंका गर्नु पर्ने अवस्था हुन्छ ।

९१ लाख आदिवासी, ३० लाख मधेसी, २० लाख दलित अर्थात् ७० प्रतिशत जनताको बिपक्षमा यो संबिधान लेखिएको छ । जनताको इच्छा अनुसार संबिधान लेखिनु पथ्र्यो, त्यो हुन सकेन । संबिधान भनेको दुइ तिहाईले लेख्ने हैन । दुइ तिहाई भनेको हारजीतको कुरा हो । यो प्राबिधिक कुरा हो । संबिधानले जनता जोडने हो । देश जोडने हो । भावना जोडने हो । तर यो संबिधानले भावनालाई जोड्न सकेन । संबिधानले मानबअधिकार उलङ्घन गरेको छ भनेर मित्र राष्ट्रहरुले पनि भनि सके । त्यसैले, अन्तरीम संबिधानले दिएका अधिकारलाई यो संबिधानले अंगालन सक्नु पर्छ । र, त्यही अनुरुप यो संबिधानलाई संशोधन गर्नु पर्ने हुन्छ । संशोधन गर्न सकिएमा मात्र यो संबिधानले मधेसी, आदिवासी जनजाति, पछि परेका वर्ग, जातिलाई जोड्न सक्ने छ ।

मधेस आन्दोलनले गर्दा काठमाण्डौमा भएका जनता अहिले पेट्रोल, ग्यासको हाहाकारमा बाँचिरहेको छ । तर ३२ जना मन्त्रीहरुलाई यसले केही फरक पार्न सकेन । समस्या पर्ने भनेको आम जनतालाई नै हो । मन्त्रीहरु सुरक्षा गार्ड सहित हिंड्छन् । मन्त्रीहरुको गाडीलाई पेट्रोल पुग्ने, ठूला कर्मचारीहरुलाई पेट्रोल पुग्ने । तर नपुग्ने भनेको सर्वसाधारणलाई मात्र हो । यो सरकार जनताप्रति जिम्मेवार छैन । यो स्थिति रहि रहेमा नेपाल असफल राष्ट्रको हिसाबमा जान्छ । र, यो राष्ट्र नै रहन्छ कि रहन्न भन्ने कुरामा नै शंका गर्नु पर्ने अवस्था हुन्छ ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु अधिबक्ता शंकर लिम्बु