राष्ट्रसंघको कार्यालय अगाडि आदिवासी जनजातिको धर्ना

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ पुष २०७२, शनिवार
राष्ट्रसंघको कार्यालय अगाडि आदिवासी जनजातिको धर्ना

काठमाडौं

आदिवासी जनजाति जागरण अभियान निरन्तर जारी छ । यसै क्रममा अभियानको आह्वानमा पुस ३ गते राष्ट्रसंघको कार्यालय र मानव अधिकार आयोगको कार्यालय रहेको हरिहर भवन क्षेत्रमा जनजाति अधिकारकर्मीहरु धर्ना बसे ।

आदिवासी जनजाति, मधेसी, महिला, दलित, थारु, मुसलमान लगायत उपेक्षित, उत्पीडितहरुको अधिकार संविधानमा सुनिश्चित गर्न माग गर्दै धर्ना बसेका हुन् । तराई मधेसमा राज्यबाट जारी राखिएको मानव अधिकार उल्लंघनका घटनाबारे अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, राष्ट्रसंघका विभिन्न घोषणापत्रमा नेपालले गरेको हस्ताक्षरका आधारमा संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चितताका लागि भूमिका खेल्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित धर्ना दिइएको हो । 

मानव अधिकार उल्लंघनका घटनाबारे अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, राष्ट्रसंघका विभिन्न घोषणापत्रमा नेपालले गरेको हस्ताक्षरका आधारमा संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चितताका लागि भूमिका खेल्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित धर्ना दिइएको हो

मूलधारका मिडियाबाट मधेस र थारु आन्दोलनसँगै जनजाति आन्दोलनबारे भ्रामक समाचार सम्प्रेषण गरिएको छ । सोको विरोधमा खबरदारी गर्न तथा भ्रामक समाचार दिने संचार माध्यमहरुको भण्डाफोर गर्न प्रेस काउन्सिलको कार्यालय, सिनामंगल (संचार ग्राम) मा पुस ५ गते धर्ना दिइने भएको छ । स्मरण रहोस्, साताअघि सुरु भएको अभियानले प्रधानमन्त्री कार्यालय अगाडि यसअघि नै धर्ना दिइसकेको छ ।

प्रतिक्रिया