राज्य कता जाँदै छ ? अव शान्तिपूर्ण आमसभा पनि गर्न नपाईने हो ?

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ माघ २०७१, शनिवार

ईन्डिजिनियस भ्वाईस समाचारदाता

काठमाडौ , ३ माघ, २०७१

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आयोजना गरेको शान्तिपूर्ण जनसभामा सहभागी आन्दोलनकर्मीहरुलाई सरकारले धरपकड गरेकोमा सबैतिरबाट निन्दा गरिएको छ ।
गत माघ २ गते शुक्रबार राजधानीको शान्तिबाटिकामा आयोजित जनसभामा सरकारले हस्तक्षेप गरी केही आन्दोलनकर्मीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नागरिक अगुवा मल्ल्ल के सुन्दरसमेत थिए ।

संविधान सभाबाट संविधान जारी हुने संविधानमा आदिवासी जनजाति लगायतको पहिचान सुनिश्चितताका लागि स्वतन्त्र मानवअधिकारवादी नेता पद्यरत्न तुलाधरको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । शुक्रबारको जनसभा सोही आन्दोलनको पूर्व घोषित एक कार्यक्रम थियो ।

मुलुकमा लोकतन्त्रको बहाली भए पछि नागरिकको तर्फबाट आयोजना भएका कार्यक्रममा दमन भएको यो पछिल्लो घटना हो । 

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिब बालकृष्ण माबूहाङ शान्ति बाटिकाको घटना सुनियोजित भएको बताउछन् । सामाजिक सञ्जालमा आफ्नो टिप्पण्ी सार्वजनिक गर्दै माबुहाङले स्थितिलाई उत्तेजित बनाउन घुसपैठ भएको आशंका व्यक्त गरेका छन् ।

के अब शान्तिपूर्ण आमसभा समेत गर्न नपाईने हो ? 

यसैगरी मुलुक भित्रका र बाहिरका संघसंस्थाले पनि सो घटनाको निन्दा गर्दै राज्यको चरित्र निरंकुश भएको  विश्लेषण गर्दै के अब शान्तिपूर्ण आमसभा समेत गर्न नपाईने हो ? भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया