एक महिने आदिवासी जनजाति अभियान शुरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ मंसिर २०७२, बुधवार
एक महिने आदिवासी जनजाति अभियान शुरु


काठमाडौ

सबै आदिवासी जनजातिबीच एकता सुदृढ बनाउने लक्ष्यसहित रत्नपार्कको शान्तिवाटिकामा मंसिर २३ गतेबाट आदिवासी जनजाति अभियान थालनी भएको छ ।
आदिवासी जनजाति जागरण अभियान काठमाडौंमा प्रदर्शनसँगै नेवाः प्रदेशमा जागरण अभियानको पनि थालनी भएको छ । मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका जनताको अधिकार कटौती गरी संबिधान जारी गरिएकोमा खबरदारीको लागि आदिवासी जनजाति अभियान थालिएको बताइएको छ ।

इन्धन आपूर्ति तुरुन्त गर, कालोबजारी तुरुन्त नियन्त्रण गर, नेपाली जनताको मानव अधिकार प्रत्याभूत गर, सही सूचना सम्प्रेषण गर लगायत प्लेकार्ड बोकी अभियानकर्ताहरु सडकमा ओर्लिएका थिए । उक्त अभियानमा सबै आदिवासी जनजातिका अभियन्तासँगै सचेत नागरिकहरुको उपस्थित रहेको थियो ।

 मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका जनताको अधिकार कटौती गरी संबिधान जारी गरिएकोमा खबरदारीको लागि आदिवासी जनजाति अभियान थालिएको बताइएको छ ।

सोही अभियान कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भन्दै सरकारी स्तरबाट थालिएको प्रचारबाजी झूठको खेती भएको बताए । तुलाधरले अगाडि भने, ‘नयाँ संविधानमा खस नेपाली भाषाको मात्रै एकाधिकार छ । भाषा, धर्म, संस्कृतिमा पनि विभेद जारी छ  । तब कसरी विभेद र असमानतासहितको संविधान विश्वकै उत्कृष्ट संविधान हुनसक्छ ?’

मध्यान्ह १२ बजेदेखि २ बजेसम्म शान्तिवाटिकामा भएको प्रदर्शनमा तुलाधरलगायत डा. महेशमान श्रेष्ठ, डा. कृष्ण भट्टचन, नरेश ताम्राकार, जितपाल किराती, नरेशवीर शाक्य, नन्द कन्दङवा, डा. विजय सैंजु, शंकर लिम्बूलगायत आदिवासी जनजाति अभियन्ताहरुको उपस्थिति थियो ।

पुस १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन, पुस ३ गते नेपालस्थित संयुक्त राष्ट्र संघ र राष्ट्रिय मानवअधिकार आयोग सामुसरकारले थरुहट मधेसमा जारी राखेको दमन विरुद्ध धर्ना गरिने भएको छ ।

कार्यक्रममा नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियानका संयोजक अर्जुन महर्जनले अन्तरिम संविधान, २०६३ ले प्रत्याभूत गरेका अधिकारहरु कटौती गरी नयाँ संबिधान घोषणा गरिएकोले यो अभियानबाट मधेस आन्दोलनको एक्येबद्धता पनि बताए । महर्जनले अभियानको पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका थिए । जसअनुसार मंसिर २५ गते फोनिजको कार्यालयमा संचारमाध्यमसँग जागरण अभियानका सम्बन्धमा अन्तक्रिया, २८ गते नागरिक अभियन्ता र राजनीतिक दलका नेताहरुसँग अन्तक्रिया, त्यस्तै, पुस १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन, पुस ३ गते नेपालस्थित संयुक्त राष्ट्र संघ र राष्ट्रिय मानवअधिकार आयोग सामुसरकारले थरुहट मधेसमा जारी राखेको दमन विरुद्ध धर्ना गरिने भएको छ ।

साथै, पुस ५ गते मूलधारका मिडियाबाट मधेसी र थारु समुदाय तथा आन्दोलनकारीहरु विरुद्ध भएको भ्रामक समाचारको सम्प्रेषणविरुद्ध प्रेस काउन्सिलमा मानव साड्लोसहित प्रदर्शन, पुस ९ गते वैदेशिक नियोग, दूतावास, दातृनिकायलाई देशको वास्तविकता जानकारी गराउने, पुस ११ गते काठमाडौं उपत्यकाभित्र गाउँ र टोलमा विभिन्न गतिविधिसँगै कोणसभा गर्दै पुस २७ गते पहिलो चरणको अभियान गरिने जनाइएको छ ।

 

 

प्रतिक्रिया