आदिवासीमाथि धरपकडपछि रिहा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ माघ २०७१, शुक्रवार
आदिवासीमाथि धरपकडपछि रिहा

काठमाडौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज दिउँसो काठमाडौंको रत्नपार्कमा आयोजना गरेको शान्तिपूर्ण सभामा भएको प्रहरी धरपकडमा पक्राउ परेका आदिवासी जनजातिलाई रिहा गरेका छन् । शान्तिपूर्ण सभामा भएको हस्तक्षेपको चौतर्फि विरोध भएपछि प्रहरी प्रशासन केहि घण्टाभित्रै आन्दोलनकर्मीलाई रिहा गर्न बाध्य भएको हो ।
एकीकृत नेकपा माओवादी लगायत अन्य विभिन्न राजनीतिक दलहरुले समेत प्रेस विज्ञप्ती मार्फत विरोध जनाएका छन् । 

वाक स्वतन्त्रता माथिको हस्तक्षेप

आज दिउँसो भएको आदिवासी जनजातिहरुको शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी हस्तक्षेपलाई आदिवासी जनजातिहरुले जनताको वाक स्वतन्त्रमाथिको नाङ्गो हस्तक्षेप भनेका छन् ।

पूर्व सभासद पासाङ शेर्पाले पूर्व राजा ज्ञानेन्द्रले २०५९ सालमा कू गर्ने बेलाको समयको स्मरण गर्नुहुँदै  शुरुमा कार्यक्रम गर्न दिएर छिटो सक भन्ने, लाठीले घोच्ने गरेर आन्दोलनकारीलाई उत्तेजित पार्ने काम गरेको प्रतिकृया दिनुभयो । आजको प्रहरी हस्तक्षेपलाई जनताको शान्तिपूर्ण भेला हुने, आन्दोलन गर्ने, अभिव्यक्त गर्न पाउने नैसर्गिक अधिकारमाथि ठाडो हस्तक्षेप मात्र होइन लोकतान्त्रिक मूल्य मान्यता विपरितको गतिविधि भएको समेत शेर्पाको प्रतिकृया थियो ।

पूर्व सभासद शेर्पाले सरकार आफै मूठभेड निम्त्याउन अग्रसर भएको र अनावश्यक रुपमा मुलुकलाई द्वन्दतिर पुर्याउन खोजेको भन्नुहुँदै संविधानसभालाई असफल बनाउने र पुनः २०४७ सालकै संविधानलाई व्युउँताउने षडयन्त्र भएको बताउनुभयो ।

संघिय गणतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष परशुराम तामाङले इन्डिजिनियस भ्वाइससँगको प्रतिकृयामा आज राज्यले हाम्रो शान्तिपूर्ण सभामाथि जसरी हस्तक्षेप गर्ने काम भयो यसले राम्रो संकेत गर्दैन ।

शान्तिपूर्ण रुपमा आमसभा गर्न राष्ट्रिय एवं अन्तराष्ट्रिय कानूनले ग्यारेण्टी गरेको अवस्थामा शान्तिपूर्ण सभामा हस्तक्षेप गर्नु भनेको संयुक्त राष्ट्र संघको विश्वव्यापी मानवअधिकार सम्बन्धी घोषणापत्र, युएनड्रिप लगायत अन्य अन्तराष्ट्रिय मानवअधिकारसँग सम्बन्धित घोषणापत्रले उल्लंघन भएको भन्नुहुँदै सरकारको यो कदम मानवअधिकारको विरुद्धमा रहेको संयुक्त राष्ट्रसंघ.........तथा नेपालका आदिवासी जनजातिहरुको मानवअधिकार सम्बन्धी वकिल समूह लार्हुनिपका सचिव अधिवक्ता शंकर लिम्बुले प्रतिकृया दिनुभयो ।

त्यस्तै नेवा देःदवूका अध्यक्ष नरेश ताम्रकारले जसरी एक्काप् िपछाडि पट्टिबाट आएर लाठीले हान्ने काम भयो त्यस्तो पञ्चायतकालमा समेत नभएको प्रतिकृया दिनुहुँदै आदिवासी जनजाति, दलित, पछाडि पारिएका समुदायले वर्तमान संविधानसभाबाट बन्ने नयाँ संविधानबाट आफ्नो अधिकार स्थापित हुनुपर्ने माग गरिरहेको अवस्थामा राज्य जनतालाई अधिकार दिने भन्दापनि दमन गर्न तर्फ उन्मुख भएको बताउनुभयो ।

अन्तरिम संविधानको उल्लंघन

अन्तराष्ट्रिय कानुनसँगै नेपालको अन्तरिम संविधान २०६३ ले पनि बिना हातहतियार शान्तिपूर्ण सभा गर्न र नागरिकको वाक स्वतन्त्रताको ग्यारण्टी गरेको छ । तर आज जसरी आदिवासी जनजातिको शान्तिपूर्ण सभामाथि प्रहरी दमन भयो त्यो नेपालको अन्तरिम संविधानको समेत उल्लंघन हो–पूर्व साभासद पासाङ शेर्पाले बताउनु भयो ।

आन्दोलन नयाँ कार्यक्रम घोषणा गर्ने

शान्तिपूर्ण रुपमा आयोजना गरेको आजको सभामा प्रहरीको हस्तक्षेपमा परी मानवअधिकारवादी नेता एवं नेवा स्वायत्त राज्य मंक संघर्ष समितिका सचिवालय संयोजक मल्ल के सुन्दर, संघिय गणतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव टेकबहादुर तामाङ लगायत दर्जनौ नेता कार्यकर्ता घाइते हुनु भएको थियो । पहिचान सहितको संघियता र संघियता सहितको संविधान निर्माण, धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा जस्ता माग गर्दै विगत लामो समयदेखि मानवअधिकारवादी नेता पद्म रत्न तुलाधरको संयोजकत्वमा बनेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले देशभर विभिन्न आन्दोलन गर्दै आएका छन् ।

नेपालका उपेक्षित आदिवासी जनजाति, दलित, महिला पछाडि पारिएका समुदायको अधिकार स्थापित नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने बताउँदै आएको पद्मरत्न तुलाधर नेतृत्वले देशव्यापी आमसभा सम्पन्न गरिसकेको छ भने काठमाडौमा मात्रै आदिवासी जनजाति मार्च पास, संविधानसभालाई लक्षित गरी अकुपाइ बानेश्वर जस्ता कार्यक्रमको आयोजना गरेर आफ्नो शक्ति प्रदर्शन गरिसकेका छन् । आज दिउँसो रत्नपार्कमा भएको शान्तिपूर्ण सभामाथि भएको हस्तक्षेपको विरुद्ध नयाँ संघर्षको कार्यक्रम तय गर्न भोलि बिहान बैठक बस्ने समेत जनाएको छ ।

प्रतिक्रिया