मूलधारको मिडिया र संविधानको जटिलता

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ मंसिर २०७२, बुधवार
मूलधारको मिडिया र संविधानको जटिलता


पद्मरत्न तुलाधर

मूलधारको मिडिया संकीर्ण छ । हालै मधेसी, आदिवासी जनजाति, मुस्लीम सबैको सहभागीतामा उत्पीडित संयुक्त मोर्चाले पन्द ्रसय लामो कपडासहित मानब सांगलो बनाएका थियो । जसको रिपोर्टिङ मूलधारको कुनै मिडियाले गरेन ।

मिडियामा खासै समाचार नआउनाले जनजाति आन्दोन शिथिल भएको जस्तो लाग्ला तर त्यस्तो हैन । थरुहट आन्दोलित छ, लिम्बुवान आन्दोलित छ । मगरात आन्दोलित हुन खोजिरहेको छ । गुरुङहरुले पोखरामा पटक पटक आन्दोलनका कार्यक्रमहरु गरेका छन् । काठमाण्डौमा पनि हजारौको उपस्थितिको आमसभा भईरहेको छ । जारी संविधान विरुद्ध आन्दोलन जारी रहेको छ । हामीले राष्ट्रिय सम्मेलनको पनि प्रस्ताव गरेका छौ । आदिवासी जनजातिहरु बिकट ठाउँमा बस्ने गर्छन् । यस्तै कारणले पनि आदिवासी जनजातिहरु अगाडि बढ्न सकिरहेका छैनन् ।

संबिधान जसरी हतारमा आएको छ, त्यो स्वभाबिक रुपमा आएको छैन । आन्दोलनको स्प्रीट त्यागेकाहरुले बनाएको संबिधान यस्तै हुनु थियो । संघीयता भनेको पटक्कै नबुझेका नेताहरुले लेखेको संबिधान यस्तै हुने देखिन्छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संघीयतालाई नबुझेकै साबित गर्नु भयो । संबिधानमा पहिचान, स्वायत्तता भन्ने कुरा केही पनि छैन । त्यसैले पनि हामी चुपचाप भएर बस्ने छैनौ । नेपालको संबिधान २०७२ यथाशीघ्र संशोधन  हुनु जरुरी छ ।

मिडियामा खासै समाचार नआउनाले जनजाति आन्दोन शिथिल भएको जस्तो लाग्ला तर त्यस्तो हैन । थरुहट आन्दोलित छ, लिम्बुवान आन्दोलित छ । मगरात आन्दोलित हुन खोजिरहेको छ । गुरुङहरुले पोखरामा पटक पटक आन्दोलनका कार्यक्रमहरु गरेका छन् । जारी संविधान विरुद्ध आन्दोलन जारी रहेको छ 

२०४७ सालको अन्तरिम संबिधान ल्याउँदा पनि संसारकै उत्कृष्ट भनिएको थियो । अनि पछि यो संबिधानले जनतालाई राजाको बिरुद्धमा आन्दोलन गर भनेर भनेकै हो । त्यो भयो पनि । त्यसैले अहिले नै हामी डराउनु पर्ने अवस्था छैन । मधेसी आन्दोलनलाई टेकेर हामी अगाडि जान सक्छौ । हामी आदिवासी जनजाति र मधेसको मुद्धाको बिचमा धेरै समानता रहेको छ । हामी जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनु पर्छ भनेका थियो । अहिले मधेसीहरुले पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुनु पर्छ भनिरहेका छन् । शब्द यता उता भएको होला तर सार भने एउटै हो । नेपालका उत्पीडित जनताको मागहरु संबोधन भएको छैन ।

 

प्रतिक्रिया