सम्पति माथिको अधिकारले मात्र भूमिहीनहरुलाई न्याय दिदैन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ मंसिर २०७२, मङ्गलवार
सम्पति माथिको अधिकारले मात्र भूमिहीनहरुलाई न्याय दिदैन

जगत बस्नेत

भूमिबारे अनुसन्धानकर्मी

भूमि सुधार ऐन बने पनि भूमिहीनहरुले भने अधिकार प्राप्त गर्न सकि राखेका छैनन् । यस्तो अवस्था सृजना हुनुको कारण के होला ?

संबिधान बनाउने ठाउमा भूमिहीनहरु पुगेका छैनन् । त्यहाँ पुग्नेहरु सबै भूमि भएकाहरु नै छन् । त्यसैले पनि उनीहरुले भूमिहीनको बारेमा बोल्छन् भन्ने त छँदै छैन । लामो ईतिहासलाई हेर्ने हो भने तराईका सन्दर्भमा भूमिलाई उर्वर बनाउने थारुहरु कहिलै पनि भूमिपति हुन सकेनन् । जहिलै पनि थारुहरु भूमिहीन नै भैरहे । थारुहरुले थरुहटको लागि लडाई लड्दा त दलहरुले त्यसबारे सोच्न सकेनन् ।

अहिले जग्गामा हदबन्दी लगाएमा  केही हदसम्म भूमिहीनहरुले जग्गा पाउने सम्भावना हुन्छ होला नि । होइन ?

स्पष्ट कुरा के हो भने हिजो राजाका पालामा जसले पुररकार स्वरुप जमिन प्राप्त गरेको छ, उनीहरुलाई चाहि क्षतिपुर्ति दिइनु हुन्न । उनीहरुले लगानी गरेर पाएका हैनन् । जसले दुःखले आफैले जमिन जोडेको छ, उनीहरुलाई चाहि क्षतिपुर्ति दिनु पर्छ भन्ने हो । तर हाम्रो स्पष्ट अडान के हो भने हिजो बिभिन्न नाममा भूमि आफ्नो बनाए, त्यस्ता जमिनको क्षतिपुर्ति दिनुहुन्न भन्ने हो । तर अहिलेसम्म ती कुराहरुलाई सम्बोधन गर्न सकेको छैन यो कानुनले ।

हिजो राजाका पालामा जसले पुररकार स्वरुप जमिन प्राप्त गरेको छ, उनीहरुलाई चाहि क्षतिपुर्ति दिइनु हुन्न । उनीहरुले लगानी गरेर पाएका हैनन् । जसले दुःखले आफैले जमिन जोडेको छ, उनीहरुलाई चाहि क्षतिपुर्ति दिनु पर्छ भन्ने हो ।

लिम्बुवान लगायतमा किपट प्रथाको कुरा पनि छ । यस्ता जग्गाको सन्दर्भमा तपाईको अध्ययन र अनुसन्धानले के देखाउछ ?

जुन जमिन आदिवासीहरुको हो । त्यो राजाको र पछि राज्यको भयो । जमिनको बारेमा हामीले जरैदेखि बहस गर्न सकेनौ । हामीले मात्रै जमिन चाहि निजी सम्पति हो भन्ने कुरामा मात्रै अडिएर बस्यौ । सम्पति भनेको धनिको मात्र होइन । गरीबहरुको पनि सम्पति हुनुपर्छ भन्ने हो । सम्पति माथिको अधिकारले मात्र भूमिहीनहरुलाई न्याय दिदैन । स्थानियको सहभागीता बिना नै भूमि सम्बन्धि कार्यहरु हुने हुँदा बिभिन्न समस्याहरु पनि आउने गर्दछ । गाउँ तहबाट नै भूमि कसको हो ? को चाहि भूमिहीन र सुकुमबासी हो ? को चाहि भूमिपति हो भन्ने कुरा बझ्न सकिन्छ । सिंहदबारमा बसेर समस्यालाई बुझ्न सकिदैन । कृषि, भूमि सम्बन्धि समस्यालाई समाधान गर्ने हो भने हामीले गाँउ गाँउमा नै जान जरुरी छ । नीति भनेको केन्द्रीय हुनु पर्छ । कार्यान्वयनको काम थानिय निकायलाई दिनु पर्छ भन्न हो । यसो हुन सकेमा किपट लगायत भूमि सम्बन्धि समस्याहरु समाधान हुने थिए ।

आदिवासी जनजातिका देउथान बन जङ्लमा हुन्छ । उनीहरुको देउथान भएको बन जङ्गल त सामुदायिक बनको रुपमा परिणत भएको अवस्था छ । उनीहरु प्ूजापाठ गर्न पाउने कुराहरुबाट पनि बन्चित भए नि ?

जमिनको सन्दर्भमा भन्नु पर्दा बन जङ्गलको, व्यक्तिगत भूमि, खोला नाला नजीकको भूमिको महत्व निकै नै रहेको छ । माझीहरुको सन्दर्भमा कुरा गर्दा उनीहरुको जीबिकोपार्जन गर्ने एउटा माध्यम भनेको माछा मार्नु पनि हो । यस्तो अवस्थामा आदिवासी जनाजातिको र भूमि बिचको सम्बन्ध कस्तो छ भन्ने कुरा थाहा पाउन सक्छौ ।

किसानको सन्दर्भमा राज्यले कानुन बनाएर अधिकार दिन सक्ने भनिएको छ । यी कुराहरु नयाँ नै व्यवस्था हो भन्न सकिन्छ । यो भन्दा पहिलेको अन्तरीम संबिधानले बैज्ञानिक भूमिसुधार भनेको थियो । जुन अस्पष्ट रुपमा लेखिएको थियो ।

कमैया पुनस्थापनाको सन्दर्भमा चाहे अनुसारको पुनस्थापना भएन । त्रुटी कहाँनेर भयो ?

कमैयाको सन्दर्भमा हामीले समस्यालाई धेरै नै केन्द्रीकृत बनायौ । कमैयाहरु मध्येमा पनि को चाहि कृषि पेशा नै गर्न चाहन्छ, उसलाई भूमि उपलब्ध गराउन सक्नु पथ्र्यो । जुन कामस्थानीय निकायलाई दिन जरुरी थयो । त्यो हुन सकेको छैन । आन्दोलनको सन्दर्भमा र सम्झौताहरु गर्ने सन्दर्भमा पनि केन्द्रमा नै आएको अवस्था थियो । यहाँ स्थानिय नेताहरुको कुनै प्रकारको सहभागिता देखिएन । हलियाको सन्दर्भमा कुरा गर्दा प्रत्येक गाबिसले भेला गर्ने र कसलाई कति जमिन आवश्यक पर्छ, त्यही अनुरुप कार्य गर्नुपर्ने हुन्छ । यदि कोही कृषि पेशा अपनाउन चाहदैन भने उनीहरुलाई अर्को कार्य गर्न छुट दिनु पर्छ ।

यो नयाँ संबिधानमा भूमि सम्बन्धि त्यस्तो नबिनतम के व्यवस्था देख्नुहुन्छ ?

गुठीको सन्दर्भमा चाहि प्रदेशले कानुन बनाएर हक अधिकार प्रदान गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । अर्को किसानको सन्दर्भमा राज्यले कानुन बनाएर अधिकार दिन सक्ने भनिएको छ । यी कुराहरु नयाँ नै व्यवस्था हो भन्न सकिन्छ । यो भन्दा पहिलेको अन्तरीम संबिधानले बैज्ञानिक भूमिसुधार भनेको थियो । जुन अस्पष्ट रुपमा लेखिएको थियो ।

 

प्रतिक्रिया