पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ८४ फिट अग्लो बुद्धप्रतिमा बनाउने काम तिब्र गतिमा भईरहेको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङमा निर्माण भईरहेको गाउँपालिका अध्यक्ष टाशी लामाले जानकारी दिनुभयो ।
भोटेनाम्लाङस्थित ठुलो ढुंगा अर्थात युङ्बा दोङमा निर्माण भईरहेको प्रतिमाको शिरको भाग भने निर्माण सम्पन्न भई सकेको छ ।
गाउँपालिकाले बुद्धको प्रतिमा बनाउने कार्य २०७८ सालबाट सुरु गरिएको हो । ८४ फिट अग्लो बुद्धको प्रतिमा ढुंगा खोप्ने कार्य धमाधम भईरहेको छ । करिब ३ करोड रुपैयाको लागतमा सो बुद्ध प्रतिमा बनाउन गईरहेको अध्यक्ष लामाले जानकारी दिनभयो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको र बागमती प्रदेश समन्य सहयोग र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भईरहेको छ भने अबको १ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य छ ।
गाउँपालिकाका अध्यक्ष लामाले गाउँपालिकाको गौरवको योजना एउटै ढुंगामा बुद्धको प्रतिमालाई बनाउने काम विगत चार वर्षदेखि निरन्तर भईरहेको बताउनुभयो । अध्यक्ष लामाले 'पाँचपोखरी थाङपाल थाङ्पाल गाउँपालिका वडा नम्बर ७ मा निर्माण भईरहेको बुद्धको प्रतिमा एउटै ढुंङ्गामा निर्माण गरिएको एशियाकै अग्लो प्रतिमा हुने समेत बताउनुभयो । एउटै ढुंङ्गामा निर्माण गरिएको प्रतिमा विश्वमा कही नभएको बताउनुहुँदै बुद्धका प्रतिमाहरु अग्ला भएपनि ढुंङ्गा थपिएर जोडिएर बनाएको देखिएको छ तर गाउँपालिकाले ढुंङ्गा नजोडिकन एउटै ढुंगामा बनाउँदै छौँ ।'
'पर्यटन क्षेत्रको विकास गर्न र नागरिकको आर्थिक जीवन उकास्नका लागि कार्य गरेको हो । साथै गाउँपालिकालाई अध्यात्मिक भूमिको रुपमा चिनाउन र बुद्ध जन्मेको देशमा बुद्धको सन्देश विश्वलाई दिनको लागि र यो इतिहास कायम गर्नको लागि पनि हो ।'
उहाँले गाउँपालिकाको परियोजनामा सहयोग गर्न चाहने देश तथा विदेशमा छरिएर रहेका आर्थिक सहयोगको गर्नका लागि समेत आग्रह गर्नुभयो । सहयोग गर्नेहरुको नाम पालिकाले शिलालेखमा राखि इतिहासमा कहिले नमेट्ने गरि राख्ने बताउनुभयो ।
भोटेनाम्लाङमा आदिवासी तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।