नेपाल पर्यटन यातयात ब्यवसायी संघको अध्यक्षमा भिम बहादुर गोले निर्वाचित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ भदौ २०८२, सोमवार
नेपाल पर्यटन यातयात ब्यवसायी संघको अध्यक्षमा भिम बहादुर गोले निर्वाचित

नेपाल पर्यटन यातयात ब्यवसायी संघको अध्यक्षमा भिम बहादुर गोले निर्वाचित हुनुभएको छ । 

संघको २२ औ साधारणसभामा भएको निर्वाचनमा गोले लगाएतका टिम निर्विरोध निर्वाचित भएका हुन । यहि सोमबार निर्वाचनको मिति तोकेकोमा गोलेको एक मात्र अध्याक्षमा मनोनयन  दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत हरी प्रसाद तिवारीले निविरोध निर्वाचित  भएको घोषण गर्नु भएको छ । 

निर्वाचत नयाँ समितिको वरिष्ठ उपाध्यक्ष पदमा विनोद तामाङ हुनुहुन्छ भने उपाध्यक्षमा राम कुमार बस्नेत, महासचिवमा भरत प्रसाद तिमिल्सना, सचिवमा टेक बहादुर पुन, कोषाध्यक्षमा तेजमान लामा र सदस्यहरुमा बाजिराम घिमिरे, हरिकृष्ण हुमागाई, विष्णु बहादुर कार्की हुनुहुन्छ ।

पर्यटन यातायात ब्यवसायीको हक हित र ब्यवसायीक प्रवद्र्धनका लागि २०६० सालमा स्थापना भएको यस संघको यसअघि १० औं अधिवेशन सम्पन्न भइसकेको छ । 

 ११ औँ अधिवेशनमा गोले समूहले ९ औं बुँदे ऐजेण्डा अधि सारेको थियो । जसमा एम्बोस्ट नम्बर प्लेटको मुद्धामा पर्यटन यातयातको अस्तित्वलाई कायम राख्नु पर्ने, काम्पनीको नाममा रहेको रातो नम्वर प्लेटको सवारी सहज रुपमा चल्न पाउनुपर्ने, सरकार संग पर्किङको सुविधा माग गर्ने, व्यवसायीहरुलाई समय समयमा प्रशिक्षण दिने, हरेक प्रदेशमा संघको प्रादेशिक कार्यलयहरु स्थापना गर्ने लगायतका एजेन्डाहरु अधि सारेका छन् । २२ औं साधारणसभा यहि भदौ ५ गते लाजिम्पाट होटल शंकरमा आयोजना हुने भएको छ ।  

 

प्रतिक्रिया