३६ बर्षदेखि खानेपानीको जोहो गरिदिदै रूपनारायण

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ कार्तिक २०७२, सोमवार
रुप नारायण महतो (खादा पहिरेका) परिवारका सदस्यका साथ


नवलपरासी

थारू समुदायको घरमा तपाई एकाबिहानै पुग्नोस्, दिउँसो या बेलुकी । लोटाको पानी टक्¥याएर स्वागत गर्ने चलन छ । कावासोती नगरपालिका–१५, गोदार गाउँ निवासी रुप नारायण महतो थारूलाई खानेपानी दिएर स्वागत गर्ने आफ्नो सुमदायको चलन औधी प्रिय लाग्छ ।

महतोको गाउँसंगै जोडिएको गुन्द्रहीमा हरेक बर्ष हरिबोधिनी एकादेशीको बेला ठूलो मेला लाग्छ । तर मेलामा खानेपानीको व्यवस्थापन नभएको देखेपछि उनी आफै खानेपानीको व्यवस्थापनमा जुटे । २०३६ सालदेखि गुन्द्रही मेलामा खानेपानीको जोहो गर्दै आएका रुपनारायण महतोले त्यो कामलाई २०७२ सालसम्म लगातार निरन्तरता दिएका छन् । अहिले मेला लाग्ने स्थलमा उनको खर्चमा कुवा खनाएर नल्काको व्यवस्था गरेर खानेपानीको स्थायी व्यवस्थापन गरिएको छ । कार्तिकको दोश्रो  साता थारू अराउण्ड वल्र्ड अमेरीकाका अध्यक्ष महावीर चौधरीले स्थायी धाराको समुद्घाटन गरे । स्थानीय बजार समितिलाई धारा व्यवस्थापनको जिम्मेवारी लगाइएको छ ।

रुप नारायण महतो जागिरको सिलसिलामा १५ बर्ष मुस्ताङ बसे । त्यो घरीमा उनकी धर्मपत्नी विकनीदेवी महतोले गुन्द्रही मेलास्थलमा खानेपानीको जोहो गराइन् । स्थायी धारा बनेपछि समुद्घाटनको बेला उनी निकै खुशी देखिन्थिन् । 

समुदघाटनको अवसरमा रुप नारायण महतोले पुराना दिन संझिए– गुन्द्रही मेलास्थल नजिकै खानेपानीको व्यवस्थापन नभएकोले ३५ बर्ष मैले भरियाबाट बोकाएरै खानेपानीको जोहो गरें । आफू स्वाथ्यकर्मी भएकाले १३  बर्ष मेला अवधीभर निःशुल्क स्वास्थ्य शिविर पनि चलाएँ । खानेपानी बोक्ने भरिया नपाइएपछि खानेपानीको स्थायी संरचना बनाउने सोंच आयो । जुन यस बर्ष सफल भएको छ ।

रुप नारायण महतो जागिरको सिलसिलामा १५ बर्ष मुस्ताङ बसे । त्यो घरीमा उनकी धर्मपत्नी विकनीदेवी महतोले गुन्द्रही मेलास्थलमा खानेपानीको जोहो गराइन् । स्थायी धारा बनेपछि समुद्घाटनको बेला उनी निकै खुशी देखिन्थिन् । रुप नारायण महतोले आमा मरियम महतो तथा बुवा विकाराम महतोको नाममा धारा समर्पण गरेका छन् । समुद्घाटन कार्यक्रममा स्थानीय अर्जुन श्रेष्ठ, थारू पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारी लगायतले महतोको परोपकारी कार्यको सराहना गरेका थिए ।

प्रतिक्रिया