थाकसको राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माँगियो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ कार्तिक २०७२, आइतवार
थाकसको राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माँगियो

नवलपरासी

थरुहट आन्दोलनको समिक्षा गर्न थारु कल्याणकारिणी सभा (थाकस) को दुई दिने राष्ट्रिय भेलाको अन्तिम दिन  कार्तिक ९ गते नवलपरासीको अमलटारी होमस्टेमा बन्द सत्र शुरु भएको छ । जसमा थरुहट आन्दोलनको अगुवाइ गर्ने थाकसको केन्द्रीय नेतृत्व सेलाएकोमा जिल्ला प्रतिनिधिहरुबाट ब्यापक खोइरो खनिएको छ ।

थाकस बर्दियाका अध्यक्ष गोविन्द थारुले भने– टीकापुरको घटनाको जिम्मेवारी नलिई घुसपैठ भएको अभिव्यक्ति थाकस केन्द्रिय अध्यक्ष धनिराम चौधरीले दिनाले अहिले आन्दोलनकारीहरु पक्राउ परेका हुन् । यसको नैतिक जिम्मेवारी लिन अहिले पनि ढिलाइ गर्नुहुन्न । अध्यक्ष थारुले बर्दियाको मैनापोखरमा प्रहरीबाट प्रहरी नै मारिएपछि आन्दोलनकारीलाई पक्राउ गरिएकोमा सो कार्यक्रमको जिम्मेवारी आफूहरुले लिएकाले छुटाउन सफल भएको बताए । अर्को प्रसंगमा उनले भने– थाकसको राष्ट्रिय अध्यक्ष आफै जेल जानुपथ्र्यो, मुद्धाको डरले लुकेर बस्न पाइन्न । कि त पदबाट राजीनामा दिनुपर्छ ।

थाकस बर्दियाका अध्यक्ष गोविन्द थारुले भने– थाकसको राष्ट्रिय अध्यक्ष आफै जेल जानुपथ्र्यो, मुद्धाको डरले लुकेर बस्न पाइन्न । कि त पदबाट राजीनामा दिनुपर्छ ।

thakasa

तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले थरुहट आन्दोलन मधेशीहरुको जस्तै अन्तर्राष्ट्रियकरण गर्न नसकिएकोले सरकारले आफूहरुले नपत्याएको बताए । उनले टीकापुरमा डेढ दर्जन घर जलेका थारुहरुको अवस्था बुझ्न थाकसको केन्द्रबाट कोही नगएकोमा दुःखेसो पोखे । उनले आन्दोलनबाट निराश नहुन आग्रह गर्दै प्रत्येक महिना प्रत्येक जिल्लामा बृहत आमसभा गरिनुपर्ने सुझाव दिए ।

थाकस बाँकेका आन्दोलनका प्रवक्ता गणेश थारुले आन्दोलनमा नआउने थाकसका केन्द्रिय अध्यक्षको राजीनामा माँगिनुपर्ने, नदिए विशेष अधिवेशन बोलाएर हटाइनसपर्ने राय राखे । थाकस कञ्चनपुरका प्रतिनिधि बलराम चौधरीले कैलालीलाई मात्रै भए पनि थरुहटमा मिसाइनुपर्छ भन्ने कही कतै आवाज उठ्ने गरेकोमा कञ्चनपुरलाई पनि कुनै हालतमा थरुहटबाट छुट्याउन नहुने बताए ।

थाकस देउखुरी क्षेत्रीय अध्यक्ष हिरालाल चौधरीले असली थारुहरु कैलालीका भएको टीकापुरको घटनाले देखाइदिएको बताए । उनले भने– टीकापुरको घटनाले थरुहट आन्दोलनलाई कमजोर होइन, उत्कर्षमा पु¥याएको अवस्था हो । अर्को प्रसंगमा उनले जिल्लाको आन्दोलन हाँक्न नसक्ने थाकस जिल्ला अध्यक्षहरुले पनि पद छाड्नु पर्ने जिकिर गरे ।

प्रतिक्रिया