कुनै थारु मन्त्री हुँदैमा आन्दोलनको कार्यक्रम फिर्ता हुँदैन– थरुहट समिति

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ असोज २०७२, मङ्गलवार
कुनै थारु मन्त्री हुँदैमा आन्दोलनको कार्यक्रम फिर्ता हुँदैन– थरुहट समिति

काठमाडौ

थरुहट थारुवान संयुक्त संघर्ष केन्द्रिय समितिले दशै तिहारमा पनि तराईका सम्पूर्ण जिल्लाहरुमा बिरोधसभा, कोणसभा, भण्डाफोर अभियान लगायत पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु सशक्तरुपमा माग पूरा नभएसम्म निरन्तर जारी राखिने बताएको छ । समितिको आह्वानमा विगत दुई महिनादेखि निरन्तर भइरहेको आन्दोलनको कार्यक्रम जारी छ ।

जिल्ला संघर्ष समिति कैलाली र दाङले भने दशै तिहार अवधिभरीका लागि आन्दोलन फिर्ता लिएको बताएका छन्  । आन्दोलनको एक घटक फोरम लोकतान्त्रिक सरकारमा गएपछि थरुहट थारुवान संयुक्त संघर्ष केन्द्रिय समितिले पनि दशै तिहार अवधिभरी आन्दोलन फिर्ता लिने अपेक्षा गरिएको थियो । तर केन्द्रले आन्दोलनको कार्यक्रम निरन्तरता दिने भएको छ ।

नवनियुक्त प्रधानमन्त्रीे के.पी. शर्मा ओलीलाई थरुहट÷थारुवान मुद्दा र पहिचान विरोधी नेताको रुपमा चित्रण गर्दै शर्माको पदभार ग्रहण संगै थरुहट आन्दोलन झनै सशक्त बनाउदै निरन्तर जारी राख्ने विज्ञप्तिमा जनाइएको छ ।

थरुहट÷थारुवान संयुक्त संघर्ष केन्द्रिय समितिका संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीद्वारा प्रेषित विज्ञप्तीमा भनिएको छ– कुनै थारु मन्त्री हुँदैमा आन्दोलनको कार्यक्रम फिर्ता हुन सक्दैन । केही सञ्चार माध्यम स्वयं सरकार जस्तै भएर थारु आन्दोलनको बिरुद्धमा भ्रामक समाचार सम्ंप्रेषण गर्दै अभियान चलाएको कार्यप्रति हामी गम्भिर भएका छौ र यस्ता गलत हर्कत प्रति खेद व्यक्त गर्दै निन्दा समेत गर्दछौं ।

विज्ञप्तीमा अगाडि भनिएको छ– थरुहटले उठान गरेका न्यायसंगत एवम् जायज मागहरु प्रति सरकार र शीर्ष नेताहरु रत्तिभर पनि संवेदनशील छैनन् । मुलुकमा भएको विद्यमान राष्ट्रिय समस्याको समाधान गर्नुको साटो सत्ता र कुर्सीका लागि हतारो गर्दै फास्ट ट्रयाकको नाममा प्रतिगामी, जनविरोधी एवम् थारु विरोधी संविधान जारी गरिएकोले निरन्तर सडक र सदन दुबै माध्यमबाट संघर्ष गर्दै जाने छौं । नवनियुक्त प्रधानमन्त्रीे के.पी. शर्मा ओलीलाई थरुहट÷थारुवान मुद्दा र पहिचान विरोधी नेताको रुपमा चित्रण गर्दै शर्माको पदभार ग्रहण संगै थरुहट आन्दोलन झनै सशक्त बनाउदै निरन्तर जारी राख्ने विज्ञप्तिमा जनाइएको छ ।

 


  

प्रतिक्रिया