जनजागरण अभियानमा थरुहट

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ असोज २०७२, शुक्रवार
तस्विर महादेव रत्गैया


काठमाडौ

थरूहट थारूवान संयुक्त संघर्ष समितिले आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने भएको छ । मधेसी मोर्चासँग सहकार्य गर्न उसले तराईमै गएर मोर्चाका नेताहरूसँग छलफल समेत गर्ने भएको बताईएको छ । असोज ६ गते सिंहदरवारमा गरिएको पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिइएको हो । आन्दोलनलाई सशक्त बनाउन केन्द्रीय नेताहरू पनि थरुहट तराइ जाने भएका छन् । केन्द्रीय नेताहरूले तराईका विभिन्न जिल्लामा गएर प्रशिक्षण लगायत कार्यक्रम राखेका छन् । जस अनुसार असोज ९ गते बर्दिया, नवलपरासीको डण्डा, रौतहट तथा सुनसरीको दुहबी चार स्थानमा जनजागरण अभियान सञ्चालन गरिदैछ ।

असोज ९ गते बर्दिया, नवलपरासीको डण्डा, रौतहट तथा सुनसरीको दुहबी चार स्थानमा जनजागरण अभियान सञ्चालन गरिदैछ ।

उनीहरूले राजधानी जोड्ने तराइका राजमार्गहरू ठप्प पार्नुका साथै भारतीय सीमाहरूमा नाकाबन्दी गर्ने भएका छन् । राजधानी लगायतका ठाउँमा खाद्यान्न सामग्री जान नदिन राजमार्ग केन्द्रीत आन्दोलन गर्ने भएका छन् ।

समितिले थारू आन्दोलनकारीलाइ ज्यान मार्ने मुद्दा दर्ता गराएर तर्साउन खोजेको आरोपसमेत लगाएको छ । समितिले उक्त मुद्दा तत्काल फिर्ता गर्न चेतावनीसमेत दिएको छ । कैलाली प्रशासनले आन्दोलनका संयोजक धनिराम चौधरीसहित ५८ जनाविरूद ज्यान मार्ने मुद्दा दर्ता गराएको छ ।

बर्दियामा पनि थारु युवा दस्ता गठन

बर्दिया जिल्लामा भागिराम थारुको संयोजकत्वमा हालै १ हजार १ एक हजार एक सदस्यीय थारु युवा दस्ता गठन गरिएको समाचार छ । युवा दस्ताले सङ्गठन बिस्तार गर्दै आफ्नो कार्य अगाडि बढाउदै लैजाने संयोजक थारुले बताए ।

एक साता अघि हिरालाल चौधरी सत्गौवाको संयोजकत्वमा कैलालीमा ५१ सदस्यीय थारु युवा दस्ता गठन भइसकेको छ ।

थरूहट थारूवान संयुक्त संघर्ष समितिको विज्ञप्तीको पूर्ण पाठको लागि क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया