धनिराम चौधरी सहित ५८ थरुहट आन्दोलनकारीलाई ज्यान मुद्दा दर्ता

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ असोज २०७२, मङ्गलवार
धनिराम चौधरी सहित ५८ थरुहट आन्दोलनकारीलाई ज्यान मुद्दा दर्ता

काठमाडौ

थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध असोज ५ गते जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । टीकापुर घटनामा ८ प्रहरी र एक नावालकको ज्यान गएपछि सो अभियोगमा प्रहरीले थरुहट कार्यकर्तालाई धमाधम पक्राउ गरेको थियो ।

५४ जनाको बिरुद्ध हत्यामा प्रत्यक्ष सलग्न भएको भन्दै सर्वोच्वसहित जन्म कैदको सजाय माग गरि मुद्दादर्ता गरिएको छ । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक तथा थारु कल्याणकारीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई हत्याको योजना बनाएको अभियोगमा जन्म कैदसहितको सजाय माग गरी सरकारका तर्फबाट सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

संविधान जारी पछि अवको आन्दोलन कसरी लाने भनेर थरुहट थारुवान संयुक्त संघर्ष समितिबाट असोज ५ गते सिंहदरवारमा बैठक डाकिएको थियो । बैठकमा समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी लामो समयपछि उपस्थित थिए । 

कर्तव्य ज्यान मुद्दा दर्ता गराएकामध्ये लक्ष्मण चौधरी, लाहुराम चौधरीलगायत २२ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार जगदिशप्रसाद भट्टले बताए,  बाँकी ३६ जना भने फरार छन् । प्रहरीले अदालतमा उपस्थित नगराएको (फरार)मा संयोजक धनिराम चौधरी, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य तथा टीकापुर आन्दोलनको नेतृत्व गरेका रेशम चौधरी लगायत छन् । दुवै जनाविरुद्ध पनि प्रत्यक्ष हत्याको संलग्न भएको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

५८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाका साथै डाँका चोरी र ज्यान मार्ने उद्योग गरी ३ मुद्दा दर्ता गरिएको श्रेस्तेदार भट्टले बताए । एसएलआर र पेस्तोल लगेकोमा डाँका, चोरी मुद्दा दर्ता गरिएको छ भने घाइतेहरुको तर्फबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा जोहरी दर्ता गरी अदालतवाट म्याद थपेर अनुसन्धान गरिरहेको थियो । अदालतबाट म्याद थपेको २५ दिन म्याद पुगेपछि अदालतमा दर्ता गराउनुपर्ने प्रावधान बमोजिम मंगलबार अदालतमा दर्ता गराएको हो ।
संविधान जारी पछि अवको आन्दोलन कसरी लाने भनेर थरुहट थारुवान संयुक्त संघर्ष समितिबाट असोज ५ गते सिंहदरवारमा बैठक डाकिएको थियो । बैठकमा समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी लामो समयपछि उपस्थित थिए । आन्दोलन नेतृत्वविहिनको अवस्थामा भएकोमा बैठकमा उनको निकै आलोचना भएको थियो ।

प्रतिक्रिया