थरुहटको आन्दोलन जारी रहने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ असोज २०७२, सोमवार
थरुहटको आन्दोलन जारी रहने

काठमाडौ 

 

थरुहट थारुवान संयुक्त संघर्ष समितिले जारी संविधानमा थारुहरुलाई दास र कमैया बनाई ल्याइएको योजनाप्रति आफ्नो घोर आपत्ति र असहमति रहेको जनाएको छ । उसले सीमाकंन बिरुद्ध शान्तिपूर्ण अहिंसात्मक आन्दोलन जारी रहने जनाएको छ । लगातारको ३९ दिने आन्दोलनले पनि थारुको माग सुनुवाइ भएन भन्दै आफूहरु संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापका पक्षपाती बताइएको छ । 

 

 

संघर्ष समितिका संयोजक धनिराम चौधरीद्वारा असोज ३ गते जारी विज्ञप्तीमा भनिएको छ– हाम्रा सात बँुदे पूर्व सर्त विपरित सरकारले आजसम्म संविधान घोषणा प्रक्रियादेखि, निषेधाज्ञा, कफ्र्यू, सेना परिचालन, हत्या, हिंसा, दमन, धरपकड, झुठ्ठा मुद्दा, आगजनी, बेपत्ता पार्ने काम आजसम्म जारी राखेकोले वार्ताको वातावरण नबनेको हो । उसले संविधान जारी गरिएको दिन असोज ३ गतेदेखि मुलुक नयाँ द्वन्द्व र भिडन्तमा पुगेको ठहर गरेको छ । थरुहट थारुवान सयुंक्त संघर्ष समितिलाई वार्ता, सहमति, सहकार्यको नाममा अपमानित, उपेक्षित गरिएको तथा ७० प्रतिशत जाति, वर्ग, क्षेत्र, लिंग बिरुद्धको घोषित संविधान  स्वीकार नहुने कुरा विज्ञप्ति मार्फत् जनाइएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले गठन गरेको वार्ता टोलीका एक सदस्य राजकुमार लेखीले असोज ४ गते आज पनि थरुहटका सबै जिल्लामा जारी संविधान जलाएर बिरोध गरिने बताए ।  

 

विज्ञप्तिको पूर्ण पाठको लागि क्लीक गर्नुहोस् । 

प्रतिक्रिया