थारु समुदायले संविधानको विरोध गर्ने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ असोज २०७२, शनिवार
थारु समुदायले संविधानको विरोध गर्ने

चितवन
थारु कल्याणकारिणी सभा (थाकस) चितवनका अध्यक्ष विश्राम महतोले जबसम्म थारुको हक अधिकार संविधानमा सुनिश्चित हुँदैन, थारुहरुले विभिन्न स्वरुपको आन्दोलन गरिरहने जनाएका छन् । असोज १ गते खैरहनी नगरपालिकामा आयोजना गरिएको “नयाँ संविधान र थारुको हक अधिकार” विषयक् जनजागरण कार्यक्रममा थाकस अध्यक्षले भने “विभिन्न दलहरुले थारुहरुलाई भेडा बाख्रा बनाएका छन् । अहिले थारुहरुले रोइकराई हामीलाई नकाट्नुस भनेर बिन्तीभाउ गर्दा पनि हाम्रो घाँटी छिनाएरै छोडे ।”

थाकस चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरीले भने नेपाली नागरिक जोसुकैले हेर्नासाथ छर्लङ्ग आफ्नो अनुहार देख्न सकिने नयाँ संविधान दर्पण जस्तो हुनुपथ्र्यो । विडम्बना जुनसुकै वर्ग, समुदाय, जातजाति, धार्मिक अल्पसंख्यक, महिला, दलितको आफ्नो हक, अधिकार र पहिचान सुनिश्चित हुनसकेको छैन । जारी हुँदै गरेको नयाँ संविधानमा हामी थारु समुदायले आफ्नो अनुहार देख्न सकिराखेका छैनौं । त्यसकारण हामीले विरोध गरिराखेका छौं ।” उनले अहिले हकअधिकार र पहिचानको सुनिश्चता नभएको संविधान जारी हुन लागेको दिनमा अरुले दीपावली मनाए पनि चितवनका थारु समुदायले विरोध गरेर मनाउने जनाएका छन् ।

थाकस चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरीले भने नेपाली नागरिक जोसुकैले हेर्नासाथ छर्लङ्ग आफ्नो अनुहार देख्न सकिने नयाँ संविधान दर्पण जस्तो हुनुपथ्र्यो । विडम्बना जुनसुकै वर्ग, समुदाय, जातजाति, धार्मिक अल्पसंख्यक, महिला, दलितको आफ्नो हक, अधिकार र पहिचान सुनिश्चित हुनसकेको छैन ।

अधुरो अपुरो संविधान

यसैगरी इण्डिजिनियस भ्वाइस प्रतिनिधिको एक भेटमा नेपाल आदिवासी जनजाति महासंघ खैरहनी नगरपालिका समन्वय समितिका अध्यक्ष नारायणप्रसाद महतोले जति आन्दोलन गरे पनि शासकले आदिवासी, जनजातिका कुरा सुनुवाइ नगरेकोले अधुरो अपुरो संविधान जारी भइरहेको बताए । उता बहेरा, चितवनका शिक्षक कारी महतोले आदिवासी जनजााति, थारु आयोग बन्नु स्वागतयोग्य रहेको तर जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएकोमा चित्त दुखाइ रहेको बताए । 

यसैगरी थारु पत्रकार संघ नवलपरासीका अध्यक्ष जितनारायण थनैतले असोज ३ गते संविधान जारी गरिएको दिनलाई नवलपरासीमा कालो दिनको रुपमा बिरोध गर्ने तयारी भइरहेको जनाएका छन् । उता थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले संविधानमा थारुको अधिकार कुल्चेर आएकोले असोज ३ गते संविधान जारी गरिएको दिनलाई सम्पूर्ण थरुहटमा कालो दिनको रुपमा बिरोध गर्न विशेष तयारी बैठक असोज २ गते काठमाडौमा जारी रहेको बताएका छन् । 

प्रतिक्रिया