कोरियामा रोधी संगीत कन्सर्ट हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३० भदौ २०७२, बुधवार

कोरियाली पर्व छुसकको दोस्रो दिन, २७ सेप्टेम्बरमा हुने ‘रोधी सांगितिक भाग–४’ (कर्म ब्याण्ड लाईभ कन्सर्ट) को तयारी तीब्र पारिएको छ । आयोजक तमु धीँ दक्षिण कोरियाले कार्यक्रम समय नजिकिँदै गर्दा तयारी तीब्र बनाएको हो ।

संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरज गुरुङ्ले दिएको जानकारी अनुसार अहिले व्यापक प्रचार प्रसार तथा टिकट बितरण कार्यक्रमलाई अघि बढाइएको छ । प्रचार प्रसारको लागि सोलको नेपाली शहर दोङ्देमुन, योङ्दम्फु, वेजम्बु, सुवन, आन्सान, फारान, छनान्, फेन्तेक लगायतका स्थानहरुमा पोस्टरिङ् गरिसकिएको बताईएको छ । प्रचार प्रसारको लागि फोनिज कोरियाले सहयोग गरिरहेको छ ।

प्रतिक्रिया