आङकाजी शेर्पा १२ दिनपछि रिहा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ भदौ २०७२, सोमवार
आङकाजी शेर्पा १२ दिनपछि रिहा

काठमाडौं

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा १२ दिनपछि रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले शेर्पालाई भदौ २८ गते २० हजार रुपैयामा धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेश लगतै तोकिएको धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

फेसबुक स्टाटसमा गलत अफवाह फैलाएको आरोपमा शेर्पालाई प्रहरीले भदौ १६ गते बौद्धबाट गिरफ्तार गरेको थियो । उनी विरुद्ध साइबर क्राइममा मुद्दा चलाइएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले शेर्पालाई २० हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनलाई ठूलो संख्यामा शुभेच्छुकहरुले जिल्ला अदालत काठमाडौं परिसरमा खादा ओढाएर स्वागत गरेका थिए । उनलाई रिहा गर्न दवावका कार्यक्रम गरिदै आएको थियो ।

प्रतिक्रिया