वार्ताको वातावरण बनाइएन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ भदौ २०७२, आइतवार

काठमाडौ

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरी सरकारले वार्ताको लागि आह्वान गरेकोमा वार्ताको वातावरण भने नबनाएको बताएका छन् ।

सरकारसंग वार्ताको वातावरण बनाउनका लागि मिनराज चौधरीसहित थरुहट थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता सभासद अमनलाल मोदी तथा थारु कल्याणकारिणी सभा सचिवालय सदस्य राजकुमार लेखी ३ सदस्यीय म्याण्डेट कमिटि बनाइएको थियो । सोही कमिटिले भदौ २७ गते प्रधानमंत्री निवास बालुवाटारमा प्रधानमंत्री सुशील कोइरालासंग भेटघाट गरेको छ । भेटमा पक्राउ गरिएका थरुहट आन्दोलनकारीका मुद्धा तुरुन्त फिर्ता लिएर रिहा गर्नुपर्ने लगायत ७ बुँदा बुझाइएको थियो । प्रधानमंत्री कोइरालाले आफ्ना शर्त पूरा गर्न प्रतिवद्धता व्यक्त गर्न नसकेकाले वार्ताको वातावरण नबनेको थरुहट तराई पार्टी नेपालका सचिव समेत रहेका मिनराज चौधरीले इण्डिजिनियस भ्वाइसलाई बताए । 

प्रतिक्रिया