थारु पत्रकार संघको अध्यक्षमा सर्वहारी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ भदौ २०७२, शनिवार
थारु पत्रकार संघको अध्यक्षमा सर्वहारी


काठमाडौ
थारु पत्रकार संघ नेपालको चौथो साधारण सभाले कृष्णराज सर्वहारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वहारी हाल इण्डिजिनियस भ्वाइस डटकम, चली गोचाली मासिक तथा गोरखापत्रको थारु भाषा पृष्ठका सम्पादक छन् ।

फोनिजको हल अनामनगरमा भदौ २६ गते भएको साधारण सभाले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । सभाको उपाध्यक्षमा प्रदीप लेखी (कान्तिपुर टेलिभिजन), महासचिवमा मदन चौधरी (नागरिक दैनिक), सचिवमा पर्वाता चौधरी (रेडियो कान्तिपुर) र कोषाध्यक्षमा शैलेन्द्र चौधरी (हिमालयन टेलिभिजन) छन् ।
त्यस्तै सदस्यहरुमा किशोर चौधरी (एभिन्युज टेलिभिजन), श्याम गौरो थारु (एबिसी टेलिभिजन), सीताराम चौधरी (नेपाल वान टेलिभिजन) र कमला चौधरी (सञ्चारिका) चयन भएका छन् । नवनिर्वाचित सदस्यहरुलाई निवर्तमान अध्यक्ष लक्की चौधरीले बधाई तथा कार्यकालको शुभकामना दिदै थारु पत्रकारहरुसंग समुदायको हक हित उत्थानका लागि ठूलो चुनौती भएकोले निरन्तर भएर कलम चलाउनु पर्ने बताए ।

साधारण सभाको उद्घाटन गर्दै सभासद तेजुलाल चौधरीले शासकहरुले थारु, मधेशी लगायतलाई अधिकार दिन आनाकानी गरेकाले अधिकारको आन्दोलनमा जोडदार कलम चलाउन थारु पत्रकारहरुसंग आग्रह गरे । 

नवनिर्वाचत अध्यक्ष सर्वहारीले आफ्नो कार्यकालमा सकेसम्म थरुहटका सबै जिल्लामा शाखा विस्तार गर्नेनबताए । थारु आन्दोलन चलिरहेको बेला नयाँ जिम्मेवारी पाएको बताउँदै उनले भने– आन्दोलनमा निष्पक्ष तरिकाले हाम्रो साथ र समर्थन रहन जरुरी छ ।

त्यसअघि साधारण सभाको उद्घाटन गर्दै सभासद तेजुलाल चौधरीले शासकहरुले थारु, मधेशी लगायतलाई अधिकार दिन आनाकानी गरेकाले अधिकारको आन्दोलनमा जोडदार कलम चलाउन थारु पत्रकारहरुसंग आग्रह गरे । कार्यक्रममा शुभकामना दिनेहरुमा सभासद गोपाल दहित, फोनिजका अध्यक्ष डण्ड गुरुङ, थारु कल्याणकारिणी सभा सचिवालय सदस्य राजकुमार लेखी, मधेशी पत्रकार समाजका सचिव वीपी साह, किराँत राई पत्रकार संघका महासचिव विसन राई लगायत थिए ।

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

कार्यक्रममा थारु पत्रकारहरुलाई पुरस्कार वितरण गर्न अक्ष्यकोष स्थापना भएको छ । थारु पत्रकारहरुलाई उत्साह प्रदान गर्न नेपाली कांग्रेसका सभासद् एवं नाइटिङ्गेल स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले वर्षेनी ११ हजार १ सय ११ रुपियाँ तथा एमाले नेतृ भगवती चौधरीले १५ हजार वर्षेनी प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै, थारु पत्रकार संघका संस्थापक अध्यक्ष स्वर्गीय जयप्रकाश चौधरीकी धर्मपत्नी गीता पञ्जियारले ५ हजार ५ सय ५५ तथा थारु पत्रकार संघका कानुनी सल्लाहकार महेश्वर चौधरीले ५ हजार अक्षयकोषमा जम्मा गर्ने भएका छन् ।

प्रतिक्रिया