बन्द २४ घण्टे

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ भदौ २०७२, शुक्रवार
बन्द २४ घण्टे

काठमाडौ

थरुहट संयुक्त संघर्ष समिति बाँके, बर्दियाले भदौ २६ देखि बन्दमा कडाइ गर्ने भएको छ । बाँकेमा बन्द खुकुलो पारेको तथा बर्दियामा केही दिनका लागि बन्द फिर्ता लिएको संघर्ष समितिले कैलालीका थारु अगुवालाई पक्राउ गरेको बिरोधमा २६ गतेदेखि नै विद्यालयबाहेक सबै बन्द गर्नुपरेको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले जानकारी दिए ।संघर्ष समिति बाँकेमा संयोजक फुलाराम थारुले सरकारले सुनुवाईमा गरेको ढिलाइप्रति आक्रोशित हुँदै बन्द २४ घण्टे गरिएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

आन्दोलनको स्वरुप परिबर्तन

उता थारु कल्याणकारिणी सभा नवलपरासी तथा थरुहट र थारुवान आन्दोलन संयुक्त संघर्ष समितिको आयोजनामा भदौ २५ गते इलाका प्रशासन कार्यालय कावासोतीमा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

बिगत एक महिनादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले हाल आन्दोलनको स्वरुप परिवर्तन गरेर युवा प्रशिक्षण, गाउँ जागरण, बिरोध सभा, आम सभा , धर्ना जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।

आम हडतालले मात्र मागको सुनुवाई तथा समस्याको सामाधान नहुने भएकोले शान्तिपूर्ण आन्दोलनबाटै माग संम्बोधन गराउने आन्दोलन संयोजक गणेशमान महतोले बताए । उक्त धर्ना कार्यक्रममा दमन, धरपकड ,सेना र प्रहरी ज्याजती बन्द गर । चितवनदेखि कैलाली, कञ्चनपुरसम्म स्वायत्त थरुहट प्रदेश घोषण गर । लगायतका नाराबाजी गरेका थिए । आन्दोलनमा महिलाको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया