बर्दिया बन्द ५ दिनलाई स्थगित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ भदौ २०७२, मङ्गलवार


काठमाडौ
थरुहट थारुवान संयुक्त संघर्ष समितिले भदौ २२ गतेदेखि २६ गतेसम्म ५ दिनका लागि बर्दियामा बन्दका सबै कार्यक्रम स्थगित गरेको छ । तराईका अन्य जिल्लामा भने बन्द फिर्ता लिइएको छैन ।

समितिले प्रेस बिज्ञप्ती जारी ५ दिनका लागि बजार, शैक्षिक संस्था र यातायात सबै खुल्ला गर्ने निर्णय गरिएको जनाएको छ । संघर्ष समितिले विगत २८ दिनदेखि बन्द हडताल गर्दै आएको थियो । बन्द लगायतको आन्दोलन फिर्ता होइन, स्थगित मात्रै हो, २७ गतेबाट फेरि आन्दोलनका थप कार्यक्रम घोषणा हुने समितिका बर्दिया संयोजक गोविन्द प्रसाद थारुले बताए । बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको भन्ने चौतर्फी दबाब परेपछि बसेको संयुक्त संघर्ष समितिको बैठकले बन्द सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै  ५ दिनका लागि फिर्ता लिने निर्णय गरेको हो ।

नवलपरासीदेखि कञ्चनपुरसम्म थारुहट, थारुवान प्रदेशको माग गर्दै गत साउन २६ गते देखि आन्दोलनमा उत्रिएका थारु कल्याणकारिणी सभा, थारु संयुक्त संघर्ष समितिले बन्द आह्वान गर्दै आएका छन् ।

प्रतिक्रिया