लिम्बुवान बन्द फिर्ता

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ भदौ २०७२, शनिवार
लिम्बुवान बन्द फिर्ता


काठमाडौ

५ जना कार्यकर्ता गिरफ्तार कार्यकर्ता रिहा गरिएपछि भदौ १८ गतेबाट गरिएको अनिश्चितकालीन लिम्बुवान बन्द भदौ १९ गते २ बजेबाट फिर्ता लिइएको छ । अरुण–संखुवा सप्तकोशी पूर्वका ९ जिल्ला लिम्बुवान राज्य संविधानमा हुनुपर्दछ भन्ने मागसहीत संघीय लिम्बुवान पार्टीले भदौ १४ र १५ गते लिम्बुवान बन्द गरेको थियो ।

बन्दको क्रममा विर्तामोडमा आन्दोलनरत पक्षले झापाका पत्रकार कृष्ण हुमागाँईलाई कुटपीट गरेको आरोपमा स्थानीय प्रशासनले मिलन बेघा, भीम राई, नीशा चापागाई, प्रविन लिम्बु र बलबहादुर मगर ५ जना कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफतार गरिएकालाई अविलम्ब रिहाई नगरिए भदौ १८ गतेदेखि लिम्बुवान बन्द गरिने जनाइएको थियो । वार्तामा कुटपीट गरिएका पत्रकार कृष्ण हुमागाँईलाई आन्दोलनरत पक्षले उपचार खर्च दिने सहमतिपछि प्रशासनले कार्यकर्ता रिहा गरेको हो । र, अनिश्चितकालीन लिम्बुवान बन्द फिर्ता लिन संघीय लिम्बुवान पार्टी सहमत भएको हो ।

प्रतिक्रिया