बर्दिया मैनापोखरमा आफ्नै मिसफायरले प्रहरीको मृत्यु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ भदौ २०७२, शुक्रवार
बर्दिया मैनापोखरमा आफ्नै मिसफायरले प्रहरीको मृत्यु


काठमाडौ

बर्दिया मैनापोखरमा शान्ति पूर्णरुपमा वाटो बन्द गरी बसेको थरुहट थारुवान बन्दको समयमा भदौ १८ गते वाटो खुलाउन प्रहरीले जबरजस्ती गरेकोमा एक प्रहरी हवलदारको मृत्यु भएको छ ।

गुलरियाका आदिवासी मानवअधिकार प्रतिरक्षक काशीराम चौधरीका अनुसार बिहान करिब सवा ९ बजेतिर प्रहरीले अश्रुग्यास पनि छाडेको र प्रदर्शनकारीलाई बन्दुकको कुन्दाले अन्घाधुन्दा हान्दा  प्रहरीकै गोली मिसफायर भएर प्रहरी हवलदार देवबहादुर पाण्डेको मृत्यु भएको हो । उनलाई नेपालगन्ज मेडिकल कलेज पु¥याइए पनि बढी रक्तस्राव भएर बाटोमा नै मृत्यु भएको हो । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले भने आन्दोलनकारीको धारिलो हतियार प्रहारले रक्तश्राव भई मृत्यु भएको बताएका छन् ।  थरुहट तराई पार्टी नेपालका सचिव मिनराज चौधरीले  प्रहरीको आफ्नै मिसफायर भएर मृत्यु भएको भन्दै थरुहट आन्दोलनलाई बदनाम गराउन प्रहरीले गलत सूचना सम्प्रेषण गरेको इण्डिजिनियस भ्वाइसलाई बताए । 

तर उक्त घटनालाई लिएर प्रहरीहरुले थारुहरुको घरघरमा गएर थारुहरुलाई पक्रउ गरी कुटपीट गरिरहेको छ । यसरी पक्रउ पर्नेमा मैनापोखर १ का राम नरेश थारु, मैनापोखर ८ का रामहरक थारु रहेका छन् । उनीहरुलाई घरैवाट पक्राउ गरी मैनापोखरी प्रहरी चौकीमा राखिएको छ । आफन्तहरुलाई जानकारी र भेटघाट गर्न दिईएको छैन । झडपमा केही बन्दकर्ताहरु पनि घाईते छन् ।

प्रतिक्रिया