लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरी छापा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ भदौ २०७२, बिहिवार
लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरी छापा


काठमाडौ

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरीले छापा मारेको समाचार छ । उनले सञ्चालन गर्दै आएको बिजुलीबजार थापागाउँस्थित ‘थारु भिलेज’मा प्रहरीले भदौ १७ गते साढे ७ बजेतिर छापा मारेको हो । प्रहरीले लक्ष्मण थारुलाई खोज्दै रेस्टुरेन्ट पुगेको प्रत्यक्षदर्शीले बताएका छन ्। प्रत्यक्षदर्शीका अनुसार लक्ष्मण थारु नभेटिएपछि सादा पोसाकका प्रहरीहरु फर्किएका थिए ।

लक्ष्मण थारु तराईमा जारी थारु आन्दोलनमा सक्रिय छन् । टीकापुरमा एसएसपीसहित ८ जनाको हत्या भएसँगै प्रहरीले थारु नेताहरुलाई टार्गेट बनाउँदै आएको एक थारु नेताले जानकारी दिए । सोही आशंकामा लक्ष्मण थारुलाई पनि खोजी गरेको हुनसक्ने ती नेताको भनाइ छ । स्मरण रहोस्, यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् थारु जनतालाई मार्नुभन्दा टीकापुरमै छु मलाई मारेर देखाओ भन्दै चेतावनी दिएका थिए । इण्डिजिनिय भ्वाइस प्रतिनिधिले लक्ष्मण थारुसंग पटक पटक सम्पर्क गर्न कोशिश गर्दा पनि सम्पर्क सपित हुन सकेन ।

प्रतिक्रिया